बेनी खानेपानीको नयाँ सञ्चालक समिति चयन

Gandaki Ghumau

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति र बितरण गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औ वार्षिक साधारणसभा तथा दशौ अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले माधवप्रसाद रेग्मीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको छ । संचालक समितिको उपाध्यक्ष रमेश गिरि, सचिव राजेन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्षमा टंक हमाल चयन हुनुभएको छ ।

सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन हुनुभएको छ । अधिबेशन को उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनी बजारको खानेपानी आपुर्तिलाई थप ब्यवस्थित बनाउन नगरपालिकाले सघाउने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

संस्थाले हाल एक हजार ६७ धारा मार्फत करिब बीस हजार जनसंख्याका लागि पुम्दी, कापे्र र दूधेखोलाको मुहानबाट पानी ल्याएर बितरण गर्दै आएको छ । पहिरो र बेनी–जोमसोम सडक आयोजना बिस्तारका क्रममा पाइप फुट्दा खानेपानी आपुर्तिमा चुनौति थपिएको छ ।

यस वर्षदेखि राहुवडामा पहिचान भएको मुहानलाई बैकल्पिक बनाएको छ । स्मार्ट खानेपानी आयोजनाको कार्यक्रम लागू भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । साधारणसभाले पानीको महशुल दर बढाउने प्रस्ताव पारित गरेको छ ।

यसअघि न्युनतम दश युनिटसम्म दुई सय रुपैया शूल्क कायम भएकोमा अब देखि न्युनतम २२०, ११ देखि २० युनिटसम्म २४ रुपैयाँ, २१ देखि ३० सम्म २६, ३१ देखि ४० सम्म २८, ४१ देखि ५० सम्म ३० र ५१ युनिट भन्दा बढीको ३२ रुपैयाँ शूल्क कायम भएको छ ।

गत आर्थिक वर्षमा एक करोड १४ लाख ११ हजार ६१३ रुपैयाँ आम्दानी, ८३ लाख ३० हजार ५०६ रुपैयाँ खर्च र ३० लाख ८१ ह्जार १०७ रुपैयाँ बचत भएकोमा नगर बिकास कोषलाई २३ लाख ११ हजार २५८ रुपैयाँ ऋण तिरेको कोषाध्यक्ष रमेश गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । अधिवेशन र साधारणसभा निबर्तमान अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...