बेनीको नमस्ते सहकारी सिवाईसीसँग एकिकरण

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–८ क्याम्पसचोकमा रहेको नमस्ते बहुउद्देश्यीय सहकारी बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकिकरण भएको छ ।

संस्था एकिकरणको सम्पूर्ण प्रक्रिया पुरा भएपछि बुधबारदेखि बेनीमा सिवाईसीले सदस्य सेवा केन्द्र सञ्चालन गर्न लागेको मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।

एकिकरणपछि संस्थाको नाम सिवाईसी बचत तथा ऋण सहकारी संस्था रहने र नमस्तेको सञ्चालक समिति बेनी सदस्य सेवा केन्द्रको सञ्चालन तथा ब्यवस्थापन उपसमितिको रुपमा रहने सहमति भएको छ ।

Shreekrishna hardwear in news

सिवाईसीका बेनी सेवा केन्द्रका संयोजक तुलसीनाथ सुबेदी (रामप्रसाद)का अनुसार एक करोड १२ लाख रुपैयाँ सेयर पुजि भएको नमस्ते सहकारीमा ७४ जना सेयर सदस्य रहेका थिए । बेनीमा एटिएम काउन्टर सहित १७ औ शाखा सञ्चालन गर्न लागिएको हो ।

Bhautik ministry notice about road

उद्देश्य मिल्ने सहकारीहरुबीच एकिकरण गर्ने सरकारको नीति र हालै भएको नमस्ते सहकारीको १३ औ साधारणसभाको निर्णय अनुसार सिवाईसीसँग एकिकरण गरिएको अध्यक्ष सुबेदीले बताउनुभयो ।

सिवाइसीका अध्यक्ष चण्डीप्रसाद शर्माले हाल धवलागिरीको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ कार्यक्षेत्र भएको सहकारीको कुश्मामा पनि सदस्य सेवा केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो ।

हुनेखानेको पैसा हुदा खानेमा पु¥याउने, र हुदा खानेलाई हुनेखाने बनाउने योजना अघि सारेको सिवाईसीलाई प्रदेशभर बिस्तार गर्न लागिएको बताउनुभयो । १३ हजार ४४१ सदस्यको २३ करोड ९८ लाख ९६ हजार तीन सय रुपैयाँ शेयर पुजि रहेको सहकारीले एक अरब २७ करोड १६ लाख २५ हजार ६६५ रुपैयाँ बचत र ९९ करोड २१ लख १७ हजार १८१ रुपैयाँ लगानी गरेको छ ।

३६५ दिननै खुल्ने सहकारीले एटिएम, मोवाइल बैकिङ, क्युआर कोड, ब्याबलेट बैकिङ लगायत अत्याधुनिक प्रबिधिको प्रयोग गरेर सेवा दिएको छ । २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सम्बन्धी योजना बनाएको सहकारीले शेयर सदस्यहरुका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...