घन्टी जुलुस सहित काँग्रेसका भातृ संगठनहरुको बिरोध प्रर्दशन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाली काँग्रेसका भातृ संगठनहरुले सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका छन् ।

बिरोध प्रर्दशनमा सहभागि नेपाल महिला संघका कार्यकर्ताहरुले पुजापाठमा प्रयोग हुने घण्टी बजाएका थिए । असंबैधानिक रुपमा जनमतको अपमान गरेर संसद बिघटन गरेको सरकारले जनताको आवाज नसुनेकाले सांकेतिक रुपमा घण्टी बजाएर बिरोध जनाएको महिला संघ म्याग्दीकी सभापति बिमला गौचनले बताउनुभयो ।

बेनी बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका बत्ताहरुले प्रतिनिधिसभा बिघटन संबिधान बिपरित भएकाले सरकारले सो निर्णय सच्चाएर संसद पुनस्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

Shreekrishna

नेपाली काँग्रेस म्याग्दीका पुर्ब सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले सरकार बनाउन नसकेको अवस्थामा मात्र संसद बिघटन गर्न मिल्ने संबैधानिक ब्यवस्था बिपरित प्रधानमन्त्री ओलीले कदम चालेको बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“संबिधाननै नरहने अवस्थाले पहिलो प्राथमिकता प्रतिनिधिसभा पुनस्थापना गर्नुपर्ने काँग्रेसको धारणा छ,” उहाँले भन्नुभयो “आफ्नो पार्टीभित्रको बिवाद मिलाउन नसकेर सनकको भरमा संसद बिघटन गर्ने सरकारको कदम सच्चाउन सर्बत्र दवाव सिर्जना गर्नुपर्छ ।”

सभामा महासमिति सदस्य तथा महिला संघका सभापति गौचन, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, दलित संघका उपाध्यक्ष बालकुमार बिक, बागबिर दर्जी, प्रजातन्त्र सेनानी संघका अध्यक्ष गुनबहादुर भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष हिरा पुनको अध्यक्षता, नेबिसंघका सचिव सुजाता खत्रीको सञ्चालन र मगर संघका उपाध्यक्ष चन्द्र पुर्जाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...