म्याग्दी उबासंघको धवलागिरी इकाईको अधिवेशन

Gandaki Pardesh notice

ताकम । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वति पौडेल र सहसचिवमा ओमकार पौडेल चयन हुनुभएको छ । इकाइको सदस्यहरुमा होमबहादुर थापा, बुद्धीबहादुर थापा, आनन्द जैसी, फुलबहादुर बिक, तेजबहादुर खत्री, लालबहादुर मगर, भक्तबहादुर पुन र बासुदेव आचार्य रहनुभएको छ ।

Bhautik ministry notice about road

अधिवेशनको अवसरमा म्याग्दी उद्योग बाणिज्य संघले पहिरो पिडित ब्यवसायीलाई राहत वापत एक लाख रुपैयाँ र इकाईलाई पन्ध्र हजार रुपैयाँ उपलब्ध गराएको थियो । इकाईका अध्यक्ष किरन थापाको अध्यक्षता, तेजेन्द्र थापाको सञ्चालन र होमबहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, महासचिव लिलाराम गौतम लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रममा नेपाली काँग्रेसका तेजिन्द्र थापा, नेकपाका खुमबहादुर थापा, ब्यवसायी कुलबहादुर बिक, इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेल, गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सम्झना कार्की, कृषि शाखा प्रमुख आश्विन केसी, गाउँपालिकाका स्रोत ब्यक्ति गिरीप्रसाद छन्त्याल, मोना आइसीका पुर्ब अध्यक्ष चक्रबहादुर थापा, म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, ताकमका वडा सदस्य अमृता भण्डारीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...