म्याग्दीमा आयो कोरोना विरुद्धको खोप

Gandaki Pardesh notice

बेनी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’ खोप म्याग्दीमा समेत आइपुगेको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा पहिलो चरणमा ९४ भायल खोप जिल्लामा ल्याईएको हो ।

प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरिक्षक हिमलाल सुबेदीले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिाकारीलाई उक्त खोप हस्तान्तरण गर्नुभयो । म्याग्दीमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक र एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा उपलब्ध भएको खोप ९ सय ४० जनालाई दुई चरणमा लगाउन पुग्ने कार्यालयका कोलचेन निरिक्षक कौलेश्वर मुखियाले जानकारी दिनुभयो । पहिलो चरणमा माघ १४ गतेदेखि १८ गतेसम्म बेनी अस्पतालमा खोप लगाइने जनाईएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

एक भायलमा १० डोज खोप हुन्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने बेनी अस्पतालका डा. जितेन्द्र कँडेलले बताउनुभयो ।

चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने डा. तिवारीको भनाई छ । जिल्लाका सबै ६ वटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप लगाउने जानकारी गराइएको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरिक्षक नवबहादुर सारुले जानकारी दिनुभयो ।
नेपाल सरकारले विशेष पहल गरेर भारतबाट अनुदानमा १० लाख खोप प्राप्त गरेको थियो ।

नेपालमा शनिबार मध्यान्ह खोप आए पछि स्वास्थ्य मन्त्रालयले प्रदेशमा वितरण थालेको थियो । गण्डकी प्रदेशले अहिले उक्त खोप प्रदेशका ११ वटै जिल्लामा पु¥याउने कार्यलाई तिव्रता दिएको छ । म्याग्दी संगै बागलुङ जिल्लामा १९ सय ९६ डोज र पर्वतमा १३ सय ८० डोज खोप आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...