दानामा सबस्टेशन निर्माण (भिडियो रिपोर्ट सहित )

Gandaki Pardesh notice

दाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको बिद्युत सबस्टेशन निर्माण भएको छ ।

नेपाल बिद्युत प्राधिकरणले कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तरगत दानामा सबस्टेशन निर्माण गरेको हो । म्याग्दी र मुस्ताङ जिल्लाका जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय ग्रिडमा जोड्न सबस्टेशन बनाएको आयोजनाको बेनी स्थित कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख चन्दनकुमार घोषले दाना र पर्वतको खुर्कोटमा सबस्टेशन र प्रशारण लाइन निर्माण सकेर बिद्युत जोडी ट्रान्सफर्मर चार्ज गर्न थालिएको जानकारी दिनुभयो । दाना सबस्टेशनको स्विचार्डमा खुर्कोटबाट डबल सर्किटमा १३२ केभी क्षमताको बिद्युत जोड्ने कार्यको परिक्षण सफल भएको छ ।

Shreekrishna hardwear in news

“यो सबस्टेशनमा सबैभन्दा पछिल्लो पटक बिकास भएको अत्याधुनिक प्रबिधियुक्त उपकरण जडान भएको छ,” आयोजना प्रमुख घोषले भन्नुभयो “स्विचार्डमा जडित ट्रान्सफर्मर चार्ज भएपछि सबस्टेशन सञ्चालनमा आउँछ ।”

एशियाली बिकास बैंकको सहयोगमा सन २०१६ को ३० मे मा निर्माण सुरु भएको थियो । ३९.६ किलोमिटर दुरीको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले रु. २ अरब ९० करोडमा ठेक्का लिएको थियो । ११० वटा टावर बनाएर डबल सर्किटको तार तानिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले बताउनुभयो ।

Bhautik ministry notice about road

जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको बिवाद, बाढी र पहिरोका कारण लक्ष्य भन्दा दुई वर्ष ढिलागरी आयोजना निर्माण सकिएको हो । दानामा चार वटा पल्टमा स्विचार्ड बनाइएको छ ।

पावर पलान्ट र प्रशासनिक भवनको रंगरोगन भइरहेको छ । कर्मचारी आवास र अतिथी गृहको भवन पनि निर्माणको अन्तिम चरणमा छन् । १५६ रोपनी क्षेत्रफलमा फैलिएको सबस्टेशनको वरपर पक्कि पर्खाल लगाएर घेराउ गरिएको छ ।

स्थानीय आयोजनाबाट उत्पादीत बिद्युत कम क्षमताको भएकाले मोदी–चुवा–खुर्कोट हुदै दाना सबस्टेशनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो । दाना सबस्टेशन अन्तरगत ५ मेगावाट क्षमताको घलेम्दीखोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलद्यिुत आयोजना चालु छन् । ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला परिक्षण उत्पादनको तयारीमा छ ।

सबस्टेशनका ट्रान्सफर्मर चार्ज र परिक्षण सफल भएपछि केन्द्रिय ग्रिडमा जोडिने नेपाल बिद्युत प्राधिकरणको आयोजना ब्यवस्थापन निर्देशनालयका निर्देशक ताराप्रसाद प्रधानले बताउनुभयो । “खुर्कोट सबस्टेशनको चार्ज र परिक्षण सफल भयो,” उहाँले भन्नुभयो “खुर्कोटबाट दाना सबस्टेशन सम्म १३२ केभी लाइनबाट बिद्युत पुगेको छ । त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारीमा जुटिरहेका छौ ।”

न्वलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्म १४२ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्य अनुसार खुर्कोट देखि बर्दघाटतर्फ पनि प्रशारण लाइन निर्माण भइरहेको छ । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले कालीगण्डकी र सहायक नदीहरुमा बिद्युत बिकासमा महत्वपूर्ण सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...