खिवाङबासीद्धारा अन्नपूर्णको केन्द्र सार्न माग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ शिवाङका बासिन्दाले निशूल्क जग्गा दिने प्रतिवद्धता सहित हाल पोखरेबगरमा रहेको पालिकाको केन्द्र सार्न प्रस्ताव गरेका छन् ।

यसअघि गाउँपालिका स्तरमा खिवाङमा गाउँपालिकाको केन्द्र बनाउनुपर्ने आवाज उठाउदै आएका उनिहरुले आइतबार जिल्ला जग्गा मूल्याङ्कन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

वडा सदस्य रबिन्द गर्बुजाको नेतृत्वमा आएका शिवाङ्ग टोल बिकास संस्थाले सोही वडामा पर्ने पोखरेबगरमा पालिकाको कार्यालय बनाउन आवश्यक उपयुक्त जग्गा नपाइएकाले खिवाङमा केन्द्र कायम गराउन ठाउँको अनुगमन र मूल्याङ्कन गरि सिफारिस गरिदिन अनुरोध गरेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अग्ला पहाडको खोच र कालीगण्डकी नदी कटानको उच्च जोखिममा रहेको, बेनी–जोमसोम कोरला सडकले साँघुरिएको तथा प्रशारण लाइन मुनी पर्ने पोखरेबगरमा गाउँपालिका स्थापना भएको चार वर्षसम्म पनि जग्गा प्राप्त हुन नसकेकाले शिवाङमा केन्द्र सार्नुपर्ने र त्यसका लागि एक सय रोपनी सुरक्षित ठाउँको जग्गा निशूल्क उपलब्ध गराउने उनिहरुको भनाई छ ।

भविष्यमा गाउँपालिकाको महत्वलाई ध्यानमा नराखी राजनीतिकरणले गर्दा अहिलेसम्म पालिकाको पुर्बाधार निर्माण हुन नसकेको उनिहरुको भनाई छ । खिवाङबासीको प्रस्तावमा शिख र हिस्तानका बासिन्दाको पनि सर्मथन रहेको वडा सदस्य गर्बुजाले बताउनुभयो ।

खिवाङ र पोखरेबगर एउटै वडामा पर्छन् । नक्साको हिसाबले पोखरेबगरमा बिचमा पर्ने भएपनि पोखरेबगर–चित्रे सडक कालोपत्रे भएपछि खिवाङ पनि सुगम बन्ने स्थानीयको दावी छ । पोखरेबगरमा घर भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...