ठुलोबगरमा सडक पुुग्यो (भिडियो रिपोर्ट सहित )

Gandaki Pardesh notice

ठुलोबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को ठूलोबगर सडक सञ्जालमा जोडिएको छ । बेनी–जोमसोम सडकको छेउ र गाउँपालिकाको केन्द्र पोखरेबगरको नजिकै रहेको ठूलोबगरमा पहिरो पटक सडक सुबिधा पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समितिले वडा न. १ दोबाको सुनारी देखि छ्यारछ्यारेको भिर छिचोलेर ठुलोबगरमा सडक पु¥याएका हुन् । सुनारी देखि ठूलोबगर जोड्ने सडक अन्तरगत छ्यारछ्यारेको भिरमा करिब तीन सय मिटर पहाड फुटाएर ट्याक (मार्ग) खोलिएको छ ।

गत वर्षको जेठ महिनामा सुरु भएको सडक निर्माण कार्य छ्यार छ्यारेको भिरमा मार्ग खोल्दा खोल्दै बजेट सकिएपछि रोकिएको थियो । ठुलोबगरका बासिन्दा समेत रहनुभएका वडा सदस्य वुद्धी पुनले गत वर्ष रु. १५ लाख बिनियोजन गरेको सडकलाई यस वर्ष थप रु. १२ लाख रुपैयाँ बिनियोजन गरेर पूर्णता दिइएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“सडक निर्माण भएपछि स्थानीयबासीलाई आवत जावतका साथै कृषि उपज निकासी गर्न र निर्माण सामग्री ढुवानी गर्न सहज भएको छ,” उहाँले भन्नुभयो “सुन्तला, तरकारी खेती र बाख्रापालन गरेका कृषकलाई कृषि उपज गाडीमा ढुवानी गरेर बजार पठाउन सहज भएको छ ।”

गाउँपालिकाको केन्द्र पोखरेबगर र ठूलोबगरलाई बिचमा बगेको कालीगण्डकीले छुट्टाएको छ । यो सडकबाट ठूलोबगरका साथै कटुञ्जे र सुनारीका बासिन्दा लाभान्वित भएका छन् । ठूलोबगर, कटुञ्जे र सुनारीका १९५ घरधुरीलाई सुबिधा पुगेको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पुर्जाले बताउनुभयो ।

Bhautik ministry notice about road

“ठुलोबगर देखि कटुञ्जेतर्फ जोड्ने सडकको ४ किलोमिटर मार्ग यसअघिनै खोलिएको थियो,” उहाँले भन्नुभयो “चालू आर्थिक वर्षमा ठूलोबगरबाट कटुञ्जेतर्फ सडलले जोड्न निर्बाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम मार्फत थप रु. आठ लाख बिनियोजन भएको छ ।” थप डेढ किलोमिटर मार्ग खोलेपछि कटुञ्जेलाई सडकले जोड्न सकिने उपभोेक्ता समितिका अध्यक्ष पुर्जाले बताउनुभयो ।

सडक सुबिधा नभएका कारण कटुञ्जेमा उत्पादन भएको सुन्तला बजार प¥याउन सकेका छैन् । सडक सुबिधासँगै ठूलोबगर, कटुञ्जे र सुनारीलाई सुन्तला, तरकारी खेतीको पकेट क्षेत्र बनाई स्थानीयबासीको आयआर्जन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडकको मार्गलाई मर्मत, संरक्षण र बिस्तार गरेर बाह्ै महिना यातायातका साधन सञ्चालनको लागि प्राथमिकता दिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । कटुञ्जेमा सडक पुगेपछि वडाका सबै बस्तिमा यातायातको सुबिधा पुग्ने उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...