बेनीमा भूमी सम्बन्धी समस्या समाधान आयोगको इकाई स्थापना

Gandaki Pardesh notice

बेनी । बेनीमा बिहीबार भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई स्थापना भएको छ ।

बेनी नगरपालिका क्षेत्रका भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन गर्ने उद्देश्यले आयोगका सदस्य एकबहादुर रानाको उपस्थितिमा इकाई स्थापना भएको हो ।

Bhautik ministry notice about road

आयोगले भूमिहिन र अब्यवस्थित बसोबास भएकाहरुको बिबरण संकलन गरि उनिहरुलाई भूमि उपलब्ध गराउने तथा अब्यवस्थित बसोबास भएकाहरुलाई कर र कानुनको दायरामा ल्याउन सबै स्थानीय तहमा इकाई स्थापना गर्न लागेको सदस्य रानाले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदी लगायत कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई सदस्य रानाले आयोगको उद्देश्यका बारेमा अभिमुखीकरण गर्नुभएको थियो ।

सो कार्यक्रममा नेकपाको ओली समूहका केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रचण्ड–नेपाल समूहका बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, नेपाली काँग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्री लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापाले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...