प्रहरी कार्यालयमा सहायता र स्तनपान कक्ष

Gandaki Pardesh notice

बेनी । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बिहीबार नागरिक सहायता र स्तनपान कक्ष स्थापना भएको छ । गाउँपालिकाको दुई लाख पचास हजार र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको व्यक्तिगत ६१ हजार ६९५ रुपैयाँ आर्थिक सहयोगमा प्रहरी कर्मचारीहरुले श्रमदान गरेर कक्ष स्थापना गरेका हुन् ।

प्रिफेक प्रबिधिको सहायता कक्षको भवन र प्रहरी कार्यालय प्रवेशद्धारमा रहेको प्रयोगबिहिन पोष्टलाई मर्मत गरेर स्तनपान कक्ष निर्माण गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुका लागि आवश्यकता महशुस गरेर चार दिनमै कक्ष तयार पारिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

Shreekrishna hardwear in news

नागरिक सहायता, स्तनपानका साथै सरकारको तीन लाख पचास हजार रुपैयाँ लगानीमा प्रहरी कार्यालयको भवनमा निर्माण भएको तालिम तथा बैठक कक्षको बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उद्घाटन गर्नुभयो ।

Bhautik ministry notice about road

म्याग्दीका स्थानीय तहहरुले प्रहरी कार्यालय र मातहतका इकाईको पुर्बाधार, प्रबिधि र स्रोत साधनमा गरेको सहयोगका कारण सुरक्षा ब्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको प्रजिअ अधिकारीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा यसअघि हिंसा प्रभावित महिला तथा बालबालिकाको आश्रयका लागि निर्माण गरिएको भवनको एउटा कोठामा सहायता कक्ष सञ्चालन गरिएको थियो । प्रवेशद्धार भन्दा टाढा र आश्रयस्थलसँगै रहेको सहायता कक्ष प्रभावकारी हुन सकेको थिएन् ।

सेवाग्राही र प्रहरी, कर्मचारीलाई बच्चालाई स्तनपान गराउन समस्या भएको थियो । कम्युटरको माध्यमबाट दैनिक रुपमा सेवाग्राहीको बिस्तृत बिवरण राखिने र सन्तुष्टिको मापनका लागि फारम समेत भर्ने ब्यवस्था मिलाइएको प्रहरी नायब उपरिक्षक किरणजंङ्ग कुँवरले बताउनुभयो ।

सहायता कक्षमा एक जना प्रहरी कर्मचारी खटाइएको छ । सहायता कक्षबाट सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो, छरितो सेवा प्रवाह गर्नुका साथै बिचौलियाको सहायता लिनुपर्ने अवस्थाको अन्त्य गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...