यसरी गरौ बेनीको फोहोर ब्यवस्थापन

Gandaki Pardesh notice

हरिप्रसाद पौडेल

Bhautik ministry notice about road

बेनीको बजार जता माया उतै छ नजर“ को लय ले संसारभर लय लिईरहेको म्याग्दी जिल्लाको जिल्ला सदरमुकाम बेनी बजारले पछिल्लो समय लय बिगार्दै “बेनीको बजार जता फोहोर त्यतैबाट सरर“ बन्ने चिन्ता थपिएको छ । संसारकै आठौं अग्लो धौलागिरी हिमाल होस या संसारभर प्रख्यात रहेको जोमसोम होस या काखैमा रहेको गलेश्वर महादेवको दर्शन गर्न आउने विभिन्न देशका मानिसहरू भित्रने बेनी प्रवेशद्वार वाट मुस्किलले आधा किलोमिटरको दुरीमा मुलसडक संगै पवित्र कृष्णागण्डकी नदी (जसलाई शालिग्राम गण्डकी समेत भन्ने गरिन्छ) सम्म असरल्ल पारेर दशक अगाडी देखि म्याग्दी उद्योग वाणिज्य संघ अर्थुङ्गे गा.वि.स. हुंदै बेनी नगरपालिकाले फोहर फाल्ने गरेको छ । जस्को कारण बेनीले आफ्नो पहिचान त गुमाउदै छ नै पर्यटन ब्यवसायमा समेत धक्का पुग्न सक्ने देखिन्छ । बेनी नगरपालिकाको वडा नं ६ को उक्त भुगोलमा फालिएको फोहोर र वेलावेलामा फोहोरमा लगाईने÷हुने आगलागीको कारण पैदल यात्रु र पर्वत वगरफांटका स्थानिय जनता प्रत्यक्ष प्रभावित बनेका छन् भने बेनपा ६ अधिकार विहिन बनिरहेको छ, बेनी नगरपालिका ६ का स्थानीय जनता तथा नजप्रतिनिधिहरु यस विसयमा गम्भिर हुन आवश्यक छ । तत्कालिन अवस्था जतिवेला गाविस स्तरीय संरचना थियो र त्यसवेला उक्त स्थान अर्थुगे गाविसको ३ नंं. वडामा रहेको उक्त भुगोल मा कुनै वस्ती नभएको र वडा ले आर्थिक अधिकार उपयोग गर्ने संरचनागत ब्यवस्था नभएको अवस्थामा अर्थुङ्गे गाविस कै भुगोलमा अस्थाई ब्यवस्थापन गर्ने गरी सुरु गरीएको फोहोर ब्यवस्थान स्थललाई अन्तत नगरपालिकाले दिर्घकालिन रुपमा फोहोर ब्यवस्थापन स्थल वनाउन खोजेको वुझरन कठिन छैन, हाल फोहोर ब्यवसथापन गरिएको स्थल सामरिक हिसावमा अनुपयुक्त भएको भन्दै अदालतमा परेको मुद्धा उपर सुनुवाई गर्दै यस क्षेत्रमा फोहोर ब्यवस्थापन नगर्न अदालतले आदेश समेत दिइसकेको छ भने वेनपा ९ गलेश्वरका वासिन्दा, पर्वत वगरफाँटका वासिन्दा, अधिकारकर्मीहरुले पटक पटक सम्वन्धित निकायमा ध्यानाकर्षण गराएको भएता पनी यस विषयमा जिम्मेवार निकाय कानमा तेल हालेर बसेको छ । जिम्मेवारी मा रहेकाहरूले तत्कालिन अवस्थामा गरिएका निर्णय र कार्यान्वयनको समिक्षा गर्दै गुनासोहरु सम्वोधन गर्नुको सट्टा ओठे जवाफ दिएर पन्छन,े अर्कोलाई दोष थोपरेर उम्कने गरेको देखिन्छ तर यो कार्य आफैमा गलत छ । तत्कालीन समयमा भएका निर्णय र गरिएको कार्यान्वयन लाई आजको परिस्थिति अनुकुल छ भने निरन्तरता दिने र छैन भने परिमार्जन गर्दै जानुपर्ने होईन र ? जनप्रतिनिधि मुलक संस्थाले जन अपेक्षित कार्य गर्न अग्रसर हुने की छोटे राजन बनेर धम्की पुर्ण भाषाले नागरिक त्रसित वनाउने ? सम्भावनाको खोजि गर्न नै छोडेर यथास्थितिमा रमाउनु कति जायज हो ? समग्र वेनी नगरपालिका ले यसको जिम्मेवारी लिन आवश्यक छ साथै हालको स्थानमा नै फोहोर ब्यवस्थापन गर्ने एकमात्र विकाल्प हो भने त्यस विषयका सन्दर्भमा वेनी नगरपालिकाले दिर्घकालिन योजना सहित कार्यान्वयनलाई अगाडी वढाउनुपर्दछ जस्को लागी सम्वन्धित क्षेत्रका प्रभावित ब्यक्तिहरु, बेनी नगरपालिका वडा नं. ६ को निर्वाचित समिति तथा नागरीकहरु सगको समन्वय छलफल समन्वय र सहकार्य वाट निरन्तरता दिन सकिन्छ । आजको आजै परिवर्तन गर्न नसकिएला तर सम्भावनाको खोजीलाई निरन्तरता दिने हो भने पक्कै सफल होईन्छ । सरसफाइका क्षेत्रमा बेनी नगरपालिका पटक पटक असफल हुदै आइरहेको छ आफैले गरेका निर्णयहरु कार्यान्वयन गर्न सकिरहेको छैन, निर्णय लिदा उचित छलफल बेगर निर्णय लिइएको हो वा निर्णय कार्यान्वयनमा असहजता भएर हो वा उदासिनता देखाएको हो आम सर्वसाधारले वुझ्न कठीन भइरहको छ, २०७३ साउन ११ गते प्लाष्टिक तथा पोलीप्रोपिलिन झोलाको प्रयोग लाई ब्यवस्थीत गर्ने सम्वन्धमा गरिएको ब्यवस्था कार्यान्वयनमा उदासिनता देखाएर नगरपालिकाले आफ्नो अक्षमता प्रस्तुत गरेको छ साथै वातावरणीय सन्तुलन कायम गर्न नगरपालिकाले चासो देखाइरहको छैन  सकिने अवस्था छ । फोहोर व्यवस्थापन चुनौतिपूर्ण छ नै तर असम्भव पक्कै छैन, बेनी नगरपालिकाले फोहोर व्यवस्थापन यसलाई अर्थाेपार्जन संग मात्र जोडेर हेर्नु सर्वथा गलत हुन जान्छ त्यसैले फोहोर ब्यवस्थापनलाई नगरपालिकाले आफ्नो नागरीक प्रतिको दायित्वको रुपमा वुझेर काम गर्नुपर्ने आवश्यक छ त्यसैले दिर्घकालिन रुपमा फोहोर ब्यवस्थापनका कार्य गर्दा देशका काठमाडौं, हेटौंडा, तनहुँ लगायत का बिभिन्न शहरी एरियामा गरिएका फोहोर ब्यवस्थापनका अभ्यासहरु लाई अनुशरण गरेर सम्वन्धित पक्षका आवाजहरूलाई उचित सम्वोधन गर्दै नागरिकको सहभागिता र साझेदारीमा घरायसी फोहोर उत्सर्जन कम गर्ने देखि औद्योगिक तथा अस्पताल जन्य फोहोर सहित पुःन प्रयोगमा आउन नसक्ने फोहोरलाई उचित ब्यवस्थापन गर्ने तर्फ ठोस कदम चाल्न ढिला भैसक्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...