धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानद्धारा १५ लाख रुपैयाँको अक्षयकोष स्थापना

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधव प्रसाद रेग्मी, उहाँका दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मी लगायत परिवारका सदस्यहरुले सो कोष स्थापना गर्नुभएको हो ।

कोषबाट बेनी नगरपालिका–५ पुलाचौरको जनकल्याण माविमा एसइई परिक्षामा सर्बोकृष्ट, छात्रा, दलित, जनजाति, ब्रह्माण र संगित बिधामा उत्कृष्ट हुने एक÷एक जना बिद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । एसईइ परिक्षामा सर्बोकृष्ट अंक ल्याउनेलाई बीस हजार रुपैयाँ प्रदान गर्ने कोषले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी म्याग्दी जिल्लामा कार्यक्षेत्र भएका एक जना पत्रकार, एक जना साहित्यकार र गलेश्वर स्थित संस्कृत बिद्यालयको माथिल्लो तहमा उत्कृष्ट एक जना बिद्यार्थीलाई वार्षिक रुपमा रु. दश हजारका दरले पुरस्कृत गरिने कोषका संस्थापक रेग्मीले बताउनुभयो ।

कोषबाट केही दिनअघि जनकल्याण माविको अक्षयकोषमा एक लाख ५५ हजार रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार आगामी बैशाखमा स्वर्गीय तारानाथ रेग्मीको ११४ औ जन्मदिन पारेर बितरण गरिने भएको छ ।

जनकल्याण मावि स्थापना कालमा रेग्मीको घरबाट सञ्चालन भएको थियो । काठमाडौबाट आउनुभएका शिक्षकलाई उहाँकी श्रीमति खाना पकाएर खुवाउनु हुन्थ्यो । त्यही कारण पुलाचौर र आसपासको क्षेत्रमा शैक्षिक बिकासमा रेग्मी परिवारको महत्वपूर्ण योगदान भएको मानिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...