हिदीमा नेकपाको प्रशिक्षण

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले मंगला गाउँपालिका–२ हिदीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटनको प्रतिगामी कदम र प्रतिनिधिसभा पुनस्थापनाको औचित्यतता तथा आवश्यकताको बारेमा कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

Bhautik ministry notice about road

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश कमिटि सदस्य टेकबहादुर बिश्वकर्मा, जिल्ला सचिवालय सदस्य पुनम खड्का, पालिका कमिटिका सचिव याम रोका र युवा नेता अर्जुन शाहीले संबिधान विपरित ओलीले प्रतिनिधिसभा बिघटन गरेर नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरेकाले यो कदम सच्चाउन चौतर्फी दवाव दिनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँहरुले प्रधानमन्त्रीले स्वच्छाचारी दंगले अघि बढ्दा पार्टी एकता संकटमा परेको बताउदै आफ्नो समूहले पार्टीको आधिकारिक नाम र चुनाव चिन्ह पाउने बताउनुभयो । पार्टीको बैठकमा नजाने, निर्णय नमान्ने, आफूखुसी दंगले सरकार चलाउने, भ्रष्ट्राचारीको संरक्षण गर्ने, कम्युनिष्ट सिद्धान्त र बिधि नमान्ने ओली प्रबृत्तिको दास बन्न नहुने बताउनुभएको थियो ।

कुलप्रसाद पुनको अध्यक्षता र बालकृष्ण पुर्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गौदेवी पुर्जाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...