नेकपा म्याग्दीले प्रधानमन्त्रीलाई संबिधान पठायो

Gandaki Pardesh notice

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबिधान पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत अध्ययनका लागि भन्दै धारा ७६ र ८६ का बुदाहरुलाई फोटोकपी गरेर पठाएको हो । नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मागपत्र हस्तान्तरण गर्नुभएको थियो ।

“संबिधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बिघटन गर्ने कुनै अधिकार दिएको छैन,” मागपत्रमा भनिएको छ “संबिधानको सम्बन्धित धाराको पुन ःअध्ययन गर्नुहोस भनेर सो धाराको छायाँप्रति पठाइएको हो ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

असंबैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रसामु क्षमायाचना गर्न र प्रतिनिधिसभा सुचारु गरि संबिधानलाई क्रियाशिल बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर आगामी बैशाख १७ र २७ गते चुनावको मिति तय गर्नुभएको थियो ।

प्रधानमन्त्रीले संबिधानको ठाडो उल्लङ्घन गरी असंबैधानिक, अलोकतान्त्रिक एवम् स्व्इच्छाचारी दंगबाट प्रतिनिधिसभा बिघटन गरेर लोकतान्त्रिक ब्यवस्था र संबिधानलाइनै जोखिममा पारेको ठहर गर्दै नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायत राजनीतिक दलहरु बिरोधमा उत्रिएका छन् ।

देश ब्यापी कार्यक्रम अन्तरगत म्याग्दीबाट पनि प्रधानमन्त्रीलाई संबिधानको छायाँप्रति पठाएको नेकपाको जिल्ला कार्यालय सदस्य बालकृष्ण सुबेदीले बताउनुभयो । नेकपा म्याग्दीका अध्यक्ष पौडेल, प्रदेश सांसद बिनोद केसी, प्रदेश कमिटि सदस्य मुना बानिया लगायतको टोलीले मागपत्र पठाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...