जडभरतमा अभिभावक भेला

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम गण्डकी संस्कृत माबिमा बिहीबार अभिभावक भेला सम्पन्न भएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर बस्नेतको अध्यक्षता, शिक्षक सुजता शर्माको सञ्चालन र प्रअ मञ्जु शाहीको स्वागत मन्तब्यमा सम्पन्न भेलामा बेनी नगरपालिकाका स्रोत ब्यक्ती मोहन बानिया, बिद्यालयका सल्लाहकार बमबहादुर पुन, भिमनाथ पराजुली र चिरञ्जिवी आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Bhautik ministry notice about road

भेलाले डिजन शर्माको अध्यक्षतामा सिता शर्मा सदस्य सचिव, कल्पना शर्मा, गंगाधर पाध्याय, छबीलाल शर्मा सदस्य रहेको शिक्षक अभिभावक संघ गठन गरको छ । यसैगरी बिद्यालय ब्यवस्थापन समिति गठनका लागि भिमनाथ पराजुली, रुद्रप्रसाद रेग्मी, सिता शर्मा सुबेदी, कुलबहादुर बस्नेत, मनोज पौडेल र वडा अध्यक्ष बेलबहादुर चोखाल छनौट हुनुभएको छ ।

Shreekrishna hardwear in news

साधारण र संस्कृति भाषामा कक्षा ९ सम्मको पठनपाठन हुने यो बिद्यालयमा ७२ जना बिद्यार्थी छन् । जडभरत र शालग्राम गण्डकी बेदबिद्याश्रम संस्कृत बिद्यालय एकिकरण गरिएको थियो । अभिभावक भेलामा संस्कृत बिषयका बटुकहरुले स्वति बाचन गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...