
म्याग्दी, ः मालिका गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भिम मावि देविस्थानले जितेको छ ।
आठ स्वर्ण, तीन रजत र १० कास्य सहित २१ पदक जितेर भिम मावि बिजयी भएको हो । सात स्वर्ण, पाँच रजत र सात कास्य सहित १९ पदक जितेको साविक बिजेता किसानी मा.बि. यसवर्ष उपबिजेत ाबनेको छ ।
छ स्वर्ण, छ रजत र चार कास्य पदक जितेको राष्ट्रिय मावि रुम तेस्रो भएको मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।


प्रतियोगितामा बिजेताले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ५० हजार प्राप्त गरेको छ । द्वितीय र तृतीयले क्रमशः रु. ४० हजार तथा रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मालिका गाउँपालिमा सञ्चालित १२ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विधाका ३० वटा खेलमा प्रतिस्पर्धा भएको थियो ।
बिजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्तीपुन, प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
