म्याग्दीमा पशुमा पूर्ण खोप अभियान

Annapurna notice 3

म्याग्दी ः पशुलाई महामारीजन्य रोगबाट बचाउनका लागि म्याग्दीमा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा पशुमा पूर्ण खोप कार्यक्रम मार्फत एक लाख भन्दा बढी गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख शर्मीला कुमालले जानकारी दिनुभयो ।

Shreekrishna

मंसिर ९ गतेदेखि शुरु भएको अभियानमा ४३ जना खोपकर्ताहरु परिचालन भएका छन् । मंसिर महिनाभर खोपकर्ताहरु करिब ११ हजार किसानको घरगोठमै पुगेर खोप सेवा दिने केन्द्रका प्रमुख कुमालले बताउनुभयो ।

DRM Notice 1

१४ हजार एक सय ५९ गाई, २३ हजार तीन सय २६ भैसी, ४७ हजार एक सय ८६ बाख्रा, १४ हजार सात सय ९१ भेडा, एक हजार छ सय ६८ बंगुर, चार हजार आठ सय ७७ कुकुर बिरालो र तीन सय ७९ चौरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

गाईभैसीलाई खोरेत र लम्की स्किन, भेडाबाख्रालाई पि.पि.आर, कुकुर, बिरालोलाई रेबीज र बंगुर÷सुगुरलाई स्वाइन फिवर विरुद्धको खोप लगाइने केन्द्रका प्रमुख कुमालले बताउनुभयो । जिल्ला सदरमुकाम बेनी बजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा बाहेक म्याग्दीका ४५ मध्य ४३ वडामा एकैसाथ अभियान सञ्चालन भएको छ ।

कृषकका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क संकलन, खोपकर्ता नियुक्ती, पालिका स्तरमा जनप्रतिनिधि र अगुवा कृषकहरुलाई अभिमुखीकरण गरि खोप लगाउन प्राविधिकहरुलाई पचिालन गरिएको छ ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको बेनी नगरपालिका–३ डाडाखानीका कृषक धनबहादुर श्रीसले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले संक्रामक रोग निर्मुल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा पशुमा पूर्ण खोप अभियान चलाएको छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...