दुर्गम बगर गाउँमा प्राथमिक उपचार तालिम

Annapurna notice 3

म्याग्दी, ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगर गाउँमा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ ।

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी हाइड्रो भिलेजले आयोजनाका एक सय ६० जना मजदुर, कर्मचारी, सुरक्षाकर्मी, स्थानीयबासी र स्वास्थ्यकर्मीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरेको हो ।

आयोजनाका साइट इञ्चार्ज सन्तोष मैनालीको अध्यक्षतामा बिहिबार एक दिन सञ्चालन भएको तालिममा ओम उप्रेतीले प्राथमिक उपचारको सैद्धान्तिक प्रशिक्षणका साथै प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।

Shreekrishna
DRM Notice 1

आयोजनाका जनसम्पर्क अधिकृत वुद्धीराज अधिकारीले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा निर्माण भइरहेको आयोजनाका कर्मचारी, मजदुर र समुदायलाई प्राथमिक उपचार सम्बन्धी आधारभूत ज्ञान प्रदान, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामबहादुर घर्तीले प्राथमिक उपचार सम्बन्धी तालिमले दुर्घटना, विपद् र आपतकालिन अवस्थामा क्षति न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा इन्द्र बक्स गणका सेनानी रामप्रताप गडेरी, इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रविन्द्र कार्की, जिल्ला प्रशासन कार्यालय म्याग्दीका सुब्बा लिलाबहादुर चोखाल, म्याग्दीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी भूगोल इन्फ्रास्ट्रक्चरका निर्देशक ताराबहादुर कार्कीको पनि उपस्थिति थियो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...