हावाहुरीले सुन्तला झारेपछि अन्नपूर्णका तीन वटा वडाका किसानहरु चिन्तित

Annapurna notice 3

म्याग्दी, ः टिप्ने बेला भएको सुन्तलाको दाना हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने भुरुङ्ग–तातोपानी, दाना र नारच्याङका किसानहरु चिन्तित भएका छन् ।

भुरुङ्ग–तातोपानीको चिसापानी, दाना, फगाम, घराप, गाडपार र ठाडास्वाँराका बगैचामा मंगलबारको हावाहुरीले सुन्तला झारेर भुईभरी बनाएपछि किसानहरुको बर्षभरको मेहनत खेर गएको छ ।

फगामका कृषक दुर्गादत्त सुवेदीले टोलबाट गत वर्ष रु. २५ लाखको सुन्तला बिक्री भएकोमा हावाहुरीले झारेर रु. एक लाखको पनि बिक्री गर्न नसकिने बनाएको बताउनुभयो । “यसपाली दाना राम्रो लागेकाले उत्पादन र आम्दानी बढ्ने अनुमान गर्दै उत्साहित भएका थियौ,” उहाँले भन्नुभयो “हावाहुरीले बोटबाट दाना झार्नुका साथै हाँगाहरु पनि चुडाएको छ । भुईमा झरेका दाना सबै फुटेका छन् ।”

Shreekrishna

अन्नपूर्ण गाउँपालिकाका कृषि शाखाका अधिकृत योजना अधिकारीले हावाहुरीले सुन्तला खेतीमा पु¥याएको क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो । गत वर्ष करिब रु. चार करोड मूल्य बराबरको सुन्तला बिक्री भएको अन्नपूर्ण गाउँपालिकामा यसपाली हावाहुरीले तीन वटा वडामा पुगेको क्षतिका कारण उत्पादन घट्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम चार दशमलव एक मिटरको गतिमा हावा मापन गरिएको थियो ।

DRM Notice 1

उक्त हावाहुरीले अन्नपूर्ण गाउँपालिकाको ३ नम्बर वडामा पर्ने काभ्रे, दाना, फगाममा करिब २० वटा घरहरुको छाना पनि उडाएको वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । “छाना उडाएका गोठहरुको संख्या गनेर साध्य छैन,” उहाँले भन्नुभयो “पक्की भवन रहेको दाना स्थित ज्ञानप्रकाश माविको झ्याल र स्वास्थ्य चौकीको भवनको छाना पनि उडाएको छ ।”

भालेबास स्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

भालेबासमा रहेको धवलागिरी आधारभूत विद्यालय, सुरक्षा बेसक्यापका साथै सुकबहादुर रोका, रनबहादुर रोका, देउबहादुर खड्का, रविन्द्र खड्का तुलाराम बुढा, कुमार खड्का, नारच्याङमा महलबहादुर गर्बुजाको घरको छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर र भुसकेट मेलामा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्टसमेत उडाएको छ ।

भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले हावाहुरीले रुख ढलाएपछि अवरुद्ध बनाएको सडक र विद्युत सेवा मर्मत गरि बुधबार साँझदेखि सञ्चालनमा ल्याएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जनप्रतिनिधी, कर्मचारी र प्राबिधिकहरुको टोली परिचालन गरेर क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो ।

घरबासबिहिनहरुलाई बसोबास, पुननिर्माण र कृषकलाई राहतका लागि प्रदेश र संघीय सरकारमा पहल गर्ने अध्यक्ष पुनले बताउनुभयो । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति ब्यहोरेको अन्नपूर्ण गाउँपालिकालाई हावाहुरीको विपद्ले पुनः दुख दिएको छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...