हेम नमुना माविमा गाउँपालिका र पहार ट्रसको साझेदारीमा आठ कोठे भवन निर्माण शुरु

Annapurna notice 3

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा आठ कोठे कक्षाकोठा भवन निर्माण शुरु भएको छ ।

दातृ संस्था ‘पहार ट्रस नेपाल’ र धवलागिरी गाउँपालिकाको रु. एक करोड २५ लाख लागत साझेदारीमा आठ कोठे दुई तले भवन निर्माण थालिएको हो । धवलागिरी गाउँपालिकाले रु. ५० लाख बजेट बिनियोजन गरेको भवन निर्माणका लागि संस्थाले रु. ७५ लाख लगानी गर्ने सम्झौता भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगर, वडा अध्यक्ष अशोक खत्री, कार्यपालिका सदस्य समेत रहनुभएका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी र पहार ट्रस नेपालका प्रतिनिधीहरुको उपस्थितिमा सोमबारदेखि भवन निर्माण थालिएको हो । समन्वयकर्ता बेलायती गोर्खा सैनिकका सेवा निवृत क्याप्टेन जितबहादुर घर्ती, जनप्रतिनिधी र संस्थाका प्रतिनिधीहरुलाई विद्यालयले बाजागाजा सहित स्वागत गरेको थियो ।

Shreekrishna
DRM Notice 1

वि.स. २०१० मा स्थापना भएको विद्यालयमा बालकक्षा देखि १२ सम्मको पठनपाठन हुन्छ । विद्यालयमा हाल दुई सय भन्दा बढी विद्यार्थी रहेका ब्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

भौगोलिक रुपमा विकट, अनाथ, विपन्न र अपायक पर्ने ठाउँका ५२ जना विद्यार्थीहरुलाई झिनडाडामा रहेको छात्रावासमा निशूल्क आवास सुविधा प्रदान गरिएको उहाँले बताउनुभयो । छात्रावासमा नौ जना शिक्षक कर्मचारीले पनि आवासीय सुविधा पाएका छन् ।

धवलागिरिकै पुरानो मध्यमा पर्ने हेम नमुना मावि परिसरको खोल्साको बाढी ब्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८३÷०८४ मा कार्यान्वयन हुने गरि थप रु. ४० लाख बजेट पनि बिनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

बेलायतमा दर्ता भएको अन्तराष्ट्रिय परोपकारी संस्था पहार ट्रसले म्याग्दी लगायत नेपालका ग्रामिण तथा दुर्गम क्षेत्रमा विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई र शैक्षिक सुधारका क्षेत्रमा काम गर्दै आएको छ । यसअघि मालिका गाउँपालिका–५ पन्थोकको भिम मावि, मगरदाङको गौबमबस्त मावि र ६ दरवाङको जनप्रिय माविमा पनि संस्थाको सहयोगमा कक्षा कोठा भवन निर्माण भएका थिए ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...