गरिमा विकास बैंकद्वारा बेनी सहित नौ स्थानमा रक्तदान  : ७१३ युनिट रगत सङ्कलन

Annapurna notice 3

रगतको अभाव भइरहेका बेला  गरिमा विकास बैंकले आज देशका नौ ठाउँमा गरेको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरेका छन् ।

बैंकले बिगतका वर्षहरु जस्तै गरी २०औँ वार्षिकोत्सबको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार मुख्य कार्यालय बालुवाटार कार्यालयमा ८१ , वेनी कार्यालयमा ५०, पोखरा कार्यालयमा १३२  , वालिङ शाखामा ५४ जनाले रक्तदान गरेका छन् ।

DRM Notice 1

यसैगरी बुटवल  शाखामा १०१ , कोहलपुर शाखामा १०६, नारायणगढ शाखामा ८३ , जनकपुर शाखामा ४३ र इटहरी शाखामा ६३ जनाले रक्तदान गरेका छन् । बैंकले गत वर्षको वार्षिकोत्सबमा विभिन्न ठाउँमा रक्तदान गरी ६०२ युनिट रगत सङ्कलन गरेको थियो । बैंकका कार्यालयहरुमा जनप्रतिनिधि, स्थानीय समाज सेवी, बैंकका सञ्चालक, उच्च तहका कर्मचारी लगायतले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । बैंकका कर्मचारी, ग्राहक, शुभेच्छुकलगायतले रक्तदान गरेका हुन् ।

Shreekrishna

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले रगतको अभाव सबै ठाउँमा सधैँ जसो हुने गरेको भन्दै केही हदसम्म अभावलाई पूर्ति गर्ने उद्देश्यले बैंकको हरेक वार्षिकोत्सवमा देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले समुदायको हितका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको उहाँले बताउनुभयो ।

बैंकले वार्षिकोत्सवको अवसरमा गत शनिबार काठमाडौँमा गरिमा ‘रोड रेस’को आयोजनासमेत गरेको थियो । स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ गरिएको सो  कार्यक्रम तेस्रो संस्करण हो । 

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...