चिमखोला–सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण

Annapurna notice 3

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला देखि पर्यटकीय स्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण भएको छ ।

७ नम्बर वडा कार्यालयको सिफारिमा रघुगंगा गाउँपालिकाको सहयोगमा सिसर्कादेखि समुन्द्रि सतहदेखि तीन हजार आठ सय ४० मिटर उचाईमा रहेको सोवाङ धुरीको दृष्य अवलोकन स्थल जोड्ने पाँच किलोमिटर पदमार्ग निर्माण भएको हो ।

गाउँपालिकाले बिनियोजन गरेको रु. नौ लाख बजेटबाट चिमखोलाका ३० जना मजदुरहरु पाँच हप्तासम्म जंगलमै बास बसेर डेढ मिटर फराकिलो पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष तारा गर्बुजा पुनले जानकारी दिनुभयो ।

Shreekrishna

“भिर र अप्ठ्यारो ठाउँमा ढुंगाको सिडी बनाउने, झाडी फाड्ने र माटो काटेर घोडा खच्चर हिड्न मिल्ने गरी पदमार्ग निर्माण गरेका छौ,” उहाँले भन्नुभयो “बस्ति देखि टाढा भएकाले मजदुरहरु गोठ बनाएर जंगलमै बसेर घामपानी, झरी बादल नभनी पदमार्ग बनाएका हौ ।”

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरी हिमालको फेद देखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो ।



सुर्योदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जंगल बसन्तयाममा विभिन्न रंगका लालीगुराँस फुलेर मनमोहक हुने गर्छ । घोरल, मृग लगायत जनावर र पाँच औले, सेदक चिनी लगायत जडिवुटीहरु अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लवले तीर्न वर्षअघि चिमखोला देखि पात्लेखेत– जसलाङ– सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला– उपल्लोमेला– आलेखर्क– नेपाने हुदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका थिए ।

सोवाङ धुरीबाट रघुगंगा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोला देखि हिड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासीहरु बर्खा याममा गाईभैसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्दथे ।

DRM Notice 1

पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले पदमार्ग निर्माणका साथै यस वर्ष सोवाङमा पर्यटन प्रर्वद्धनका लागि थप रु. तीन लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । चिमखोलाका मोति तिलिजा पुनका परिवारले व्यक्तिगत लगानीमा दृष्य अवलोकन स्थलमा घेराबार निर्माण र एक वटा खानेपानीको ड्रम राख्ने तयारी गर्नुभएको छ ।

यसअघि चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर आश्रयस्थल भवन निर्माण गर्नुभएको छ । ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयसस्थल निर्माण गरिएको हो ।

गर्बुजाको अगुवाईमा यसअघि सोवाङ धुरी देखि दुई सय मिटर तल क्याम्पीङ गर्ने ठाउँ नजिकै पाँच÷पाँच सय लिटर क्षमताको दुई वटा ड्रम राख्नुभएको थियो । वडा कार्यालयले पनि थप दुई वटा ड्रम राखेका छन् ।

हिउँ पग्लीएर र आकाशको पानी ड्रममा संकलन हुने ब्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालाहरुलाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा रघुगङ्गा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । होटल र रेष्टुरेष्ट नभएकाले वन्दोबस्तीका सामान सहित जानुपर्छ ।

चिमखोला–सोवाङ–दोवा जोड्ने पदमार्गको सर्वेक्षण गरेर चिमखोला क्षेत्रमा पर्ने सिसर्का र सिजीमा १०÷१० कोठे आश्रयस्थल भवन र सिजी देखि थामखर्क जोड्ने एक किलोमिटर पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारेर संघीय सरकारसँग प्रस्ताव गरिएको रघुगंगा गाउँपालिकाले जनाएको छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका विज्ञान, प्रबिधी तथा नवप्रर्वतन मन्त्री महाविर पुनको पहलमा पर्यटन विभागले दोवा–सोवाङ–चिमखोला पदमार्गको गत जेठ महिनामा सम्भाव्यता अध्ययन भएको थियो ।

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...