मालिकाको पन्थोकबाट इजाजत नभएका पाँच थान भरुवा बन्दुक बरामद

Annapurna notice 3

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानबाट आइतबार इजाजत नभएका चार थान भरुवा बन्दुक बरामद भएको छ ।

देविस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका तीन बन्दुकहरुलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बरामद गरेको छ । बरामद भएका बन्दुकलाई बेनी ल्याइने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

बन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियान अन्र्तगत बन्दुक बरामद गरिएको हो । २०८२ मंसिर १५ गतेदेखि शुरु भएको ‘ब्राबोसेरा’ अभियान मार्फत हालसम्म एक सय ६५ थान इजाजत नभएका बन्दुक बरामद भएको छ ।

Shreekrishna
DRM Notice 1

ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनहरुमा वन्यजन्तुको चोरी शिकारीका साथै आपसी बिवाद र झैझगडामा समेत प्रयोग हुने जोखिम भएकाले अबैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताउनुभयो ।

अबैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । स्थानीयबासीहरुको सूचना तथा सहयोग समेतमा जंगल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने ब्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु. पचास हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था छ । अबैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...