
बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा शनिबार साँझ मोटरसाइकल र स्कुटर ठोक्कीदा तीन जना घाइते भएका छन् ।

बेनीबाट सिंगा तातोपानी जादै गरेको ग १० प ४९९३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको गण्डकी प्रदेश ०२००१ प् ०५२७ नम्बरको स्कुटर एक आपसमा ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार मोटरसाइकल चालक बेनपा–५ पुलाचौरका १८ वर्षीय अक्टु दर्जी, स्कुटर चालक बेनपा–४ घर भई हाल बागलुङ बजार बस्ने ३९ वर्षीय खेम के.सी. र उहाँकी छोरी १४ वर्षीया प्रिन्सेस केसी घाइते हुनुभएको हो । घाइतेहरुको प्रदेश अस्पताल बेनीमा उपचार भएको छ । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो ।

