धवलागिरीको बिशेष गाउँसभाबाट थप रु. छ करोड बजेट बिनियोजन

Annapurna notice 3

सन्तोष गौतम
म्याग्दी, ः म्याग्दीको धवलागिरि गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न २७ औ विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट संसोधन गरेको छ ।

सभाले पुजिगत शिर्षकमा विभिन्न योजनाहरुका लागि थप बजेट बिनियोजन गर्दै चालु आर्थिक वर्षको कुल बजेटको आकार रु. ४८ करोड ५२ लाख तीन हजारबाट बढाएर रु. ५४ करोड ७२ लाख तीन हजार कायम गरेको हो ।

गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटलाई चालु आर्थिक वर्षमा २७ वटा योजना तथा कार्यक्रमका लागि रु. छ करोड २० लाख बिनियोजन गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

Shreekrishna

उपाध्यक्ष पुनले पेश गरेको बजेट संसोधन र वडा न. ३ का अध्यक्ष देवेन्द्र रोकाले पेश गरेको बिनियोजन ऐन संसोधन गर्ने प्रस्ताव सभाले सर्वसहमतिले पारित गरेको हो । गत असारको सभाले पुँजिगत शिर्षकमा विभिन्न योजना तथा कार्यक्रमका लागि रु. १४ करोड छ लाख ८७ हजार बिनियोजन गरेको थियो । थप भएको सहित पँुजिगत शिर्षकको बजेट बढाएर रु. १८ करोड १९ लाख ८७ हजार कायम गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

DRM Notice 1

दिर्घकालिन महत्वका र अति आवश्यक बेलिब्रिज, वडा कार्यालय, ढल ब्यवस्थापन र कल्भर्ट निर्माण सम्बन्धी योजनाका साथै कृषि, पर्यटन, नवप्रर्वतन, युवा, महिला, कला संस्कृति संरक्षण, शिक्षा सम्बन्धी कार्यक्रमका लागि बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

गुर्जामा वडा कार्यालय भवन बनाउन रु. ५० लाख, दरखोलामा बेलिब्रिज बनाउन रु. ६० लाख, मराङ सानो र ठुलो खोलामा कल्भर्ट पुल बनाउन रु. ७० लाख र मल्कवाङको खालीखोलामा कल्भर्ट पुल बनाउन रु. ६६ लाख बिनियोजन भएको छ ।

गुर्जाको जनकल्याण माविमा शौचालय निर्माणमा रु. २० लाख, लुलाङ ढल ब्यवस्थापनका लागि रु. २५ लाख, मुना स्वास्थ्य चौकी घेराबारका लागि रु. २५ लाख, मुदी गाउँमा ढल ब्यवस्थापन गर्न रु. ४१ लाख, हेम नमुना आवासीय माविमा खोल्सामा बाढी नियन्त्रणका लागि रु. ४० लाख, ताकमकोटमा शौचालय, खानेपानी निर्माण र स्लेट ढुंगा छपाउन रु. चार लाख बिनियोजन भएको छ ।

पर्यटन तथा होमस्टे ब्यवसायी लक्षित तालिम तथा सामग्री वितरणमा रु. २० लाख, मागमा आधारित कृषि कार्यक्रमलाई रु. पाँच लाख, नवप्रर्वतन तथा डिजिटल धवलागिरि अभियानलाई रु. पाँच लाख, युवा लक्षित सिप विकास तालिमका लागि रु. २० लाख, कला संस्कृति संरक्षणका लागि रु. १५ लाख, गृहीणी तथा आमा समूह लक्षित कार्यक्रमका लागि रु. २० लाख बिनियोजन भएको छ ।
बजेट बिनियोजन भएका योजनाहरुको सर्वेक्षण, लागत अनुमान तयार पार्ने काम भइरहेको, दुई वटा योजनाको ठेक्का आव्हान भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । तिहार लगत्तै उपभोक्ता समिति गठन र सम्झौता गरि साना योजनाहरुलाई उपभोक्ता समिति तथा रु. १० लाख भन्दा बढी बजेटका योजना ठेक्का मार्फत कार्यान्वयनमा लैजाने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...