
म्याग्दी, ः म्याग्दीका प्रमुख बेनी–जोमसोम र बेनी–दरवाङ सडक शनिबार बिहानैदेखि अवरुद्ध भएका छन् ।
शुक्रबार अपराहन्नदेखि परेको बर्षातका कारण पहिरो खसेर म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत पहिरोका कारण बेनी–दरवाङ तथा सिरुवारी, खामभित्ता लगायतका ठाउँमा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक खुलाउन सडक विभाग र पूर्वाधार विकास कार्यालय मार्फत उपकरण परिचालन गरेपनि निरन्तरको झरीका कारण सफल भएको छैन् । सडक अवरुद्ध हुँदा स्थानीयबासी, पर्यटकलाई आवत जावत र कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ ।
