कालीगण्डकी बाढीले दोवा जोड्ने सडक पुल जोखिममा

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमाना भिरकाटेमा रहेको सडक पुल जोखिममा परेको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएको र कटान गरेर बेनी–जोमसोम–कोरला सडकको भिरकाटे हुदै दोवा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको हो ।

Gunasthariya Shiksya

पुलको भिरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो । करिब दुई दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि उक्त सडक पुल निर्माण गरिएको थियो ।

Shreekrishna

सडक विभागअन्तर्गतको बेलिब्रिज भएकाले यसको मर्मतसम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनले बताउनुभयो । पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको उहाँले उल्लेख गर्नुभयो ।

पहुँचमार्ग भत्किएपछि अहिले बेलिब्रिज एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्ण रूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीयवासी अमृत पुनले बताउनुभयो । दोबा जोड्ने एकमात्र बेलिब्रिज भएकाले सम्बन्धित निकायले तत्काल मर्मतसम्भार गर्नुपर्ने उहाँको भनाइ छ । दोवामा तीन सय भन्दा बढी घरपरिवारको बसोबास छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...