नारच्याङमा मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना वेपत्ता

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपलिका–४ नारच्याङमा मंगलबार मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् ।

मिस्त्रीखोलाले बगाएर नारच्याङ का ६ वर्षीय अनिशा बुढामगरको मृृत्यु र ३ वर्षीया कृष्टिका बुढामगर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भुपेन्द्र गोतामेले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर वेपत्ता बनाएको हो,” उहाँले भन्नुभयो “अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ ।” मृतक र वेपत्ता बालिकाहरु दुई बहिनीका छोरीहरु हुुन् ।

Shreekrishna

शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरु बालिकाको खोजीमा परिचालन भएका थिए । नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले मिस्त्रीखोला जलविद्युत आयोजनाको लापरबाहीका कारण घटना भएको बताउनुभयो ।

“बिहान सुकेको खोलामा जलविद्युत आयोजनाले पुर्व सूचना बिनै बाँधबाट एक्कासी पानी छोडेका कारण बालिकाहरुलाई बगाएको हो,” उहाँले भन्नुभयो । घटनाको अनुुसन्धान जारी रहेको प्रहरी निरीक्षक गोतामेले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...