पाउद्धारमा विद्युत आपुर्ति गराउन हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

Gandaki Ghumau

बेनी ः पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा विद्युत आपुर्ति सूचारु गराउन शनिबार हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ ।

असोज ११ गतेदेखि सडक, विद्युत र घोरेटोबाटोबाट सम्पर्कबिच्छेद भएको पाउद्धारमा बेनी देखि नेपाली सेनाको हेलिकप्टरले एक सय केभीए क्षमताको ट्रान्सफर्मर ढुवानी गरेको हो । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्धारमा पैदल र सडक मार्गबाट जान सम्भव नभएपछि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिनुभयो ।

“जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णय र प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणसँगको समन्वयमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको हो,” उहाँले भन्नुभयो “स्थलमार्गबाट पुगेका प्राबिधिक र स्थानीयले मर्मतको काम गरेका छन् । हामीले शनिबारनै ट्रान्सफर्मर जडान र परिक्षण गरि विद्युत आपुर्ति सूचारु गराउने प्रयासमा छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

पाउद्धारको छिमेकी गाउँ किन्दुमा पनि आजै विद्युत आपुर्ति गराउने लक्ष्य सहित प्राबिधिक टोलीले काम गरिरहेको छ । नेपाने, गिवाङमा भने पैदलमार्ग समेत नभएकाले दसैपछि मर्मत गरिने वितरण केन्द्रका प्रमुख गामीले बताउनुभयो । म्याग्दी वितरण केन्द्रका अन्य ठाउँहरुमा विद्युत आपुर्ति सूचारु भइसकेको छ ।

भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्धारका एक सय ७० घरपरिवार बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन् । सडक, घोरेटो बाटो र विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार पाउद्धारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् ।

“घर भत्किएका र बस्न नमिल्ने घरका दुई सय २७ जनालाई शिख र घारमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ,” उहाँले भन्नुभयो “बिजुली आयो अब खानेपानी, सडक र पैदलमार्ग गाउँको तत्कालीन आवश्यकता छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...