मनसुनजन्य विपद्बाट बेनी नगरपालिकामा दुई सय ४२ निजी आवासमा क्षति

Gandaki Ghumau

बेनी , ः यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा दुई सय ४२ निजी आवासमा क्षति पुगेको छ ।

बाढी र पहिरोले ९१ घरमा पूर्ण र एक सय ५१ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ । दुई सय ४२ वटा घर निर्माण, पुनःनिर्माण, मर्मत र प्रवलीकरण गर्नुपर्ने विवरण संकलन भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । क्षति भएका मध्य पाँच जनाको दुई ठाउँमा घर रहेका छन् ।

“सबैभन्दा बढी क्षति पुगेको वडा नम्बर ३ भकिम्लीको चिनाखेत र छेपारेमा दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ,” उहाँले भन्नुभयो “भकिम्लीका सात देखि ४१ वटा घर भएका चार वटा बस्ति स्थानान्तरण गर्नुपर्ने भुवर्गविपद्ले सुझाएका छन् ।” नगर प्रमुख केसीका अनुसार ३३ वटा गोठ, सात वटा कुखुरा फार्ममा क्षति पुग्दा चार भैसी, सात बाख्रा र तीन हजार कुखरा मरेका छन् ।

Shreekrishna

सिंगाको आगेबगर, अर्थुङ्गेको जामुनाखर्क, जम्रेनी बस्ती सार्नुपर्ने र माटेपानीको खेतीयोग्य जमिन धाजा फाटेर ठूलो पहिरो सिर्जना भएको छ । जिल्ला सदरमुकाम बेनीको न्युरोडलाई खोरीया, क्याम्पसचोकलाई खरेनी, अस्पतालचोकमा जामुनाखर्क र मंगलाघाटमा बाङ्गेराको पहिरोले जोखिम बनाएको हालै अध्ययनका लागि आएका भुवर्गविद्हरुले प्रारम्भिक प्रतिवेदन दिएका नगर प्रमुख केसीले बताउनुभयो ।

Gunasthariya Shiksya

बेनी बजार संरक्षणका लागि गणेशटोल स्थित कालीगण्डकी नदीको किनारमा निर्माण गरिएको पक्की पर्खाल असोज ११ गतेको बाढीले भत्काएर क्षति पु¥याएको छ । बाढी, पहिरो र कटानले क्षति पुगेका सडक मर्मतका लागि चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. ७५ लाख बजेट अपुग भएपछि जिल्ला विपद् ब्यवस्थापन समितिमा निर्णय गराएर राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा थप रु. एक करोड बजेट माग गरेको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख ज्योती लामिछानेले क्षतिग्रस्त सडकहरुलाई पुरानै अवस्थामा फर्काउन रु. २५ देखि ३० करोड लागत अनुमान गरिएको बताउनुभयो । पछिल्लो चार वर्षयता रु. १३ करोड खर्चेर निर्माण गरिएका खानेपानी योजनाहरुमा मध्य रु. नौ करोड खर्च भएका योजनामा क्षति पुगेको र पुरानै अवस्थामा ल्याउन रु. पाँच करोड लाग्ने अनुमान गरिएको छ ।

सदरमुकाम बेनीमा खानेपानी आपुर्ति गर्ने पाइपलाइन पुननिर्माणका लागि रु. १४ करोड लागत अनुमान गरिएको र सदरमुकाम बाहेकका बस्तिहरुका खानेपानी मर्मतका लागि तत्काल आवश्यक परेको रु. एक करोड मूल्य बराबरको पाइप उपलब्ध गराउन प्रदेश सरकारको खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजनमा माग गरेको छ ।

दुई वटा विद्यालय भवन, दुई वटा शौचालय, एक वटा बालविकास केन्द्र र एक वटा स्वास्थ्य चौकीको भवनमा क्षति पुगेको छ । सिंगामा लिफ्ट खानेपानी र सिचाई तथा रत्नेचौरमा लिफ्ट खानेपानी योजनामा क्षति पुगेको छ ।

प्राकृतिक उपचार र पर्यटकीय स्थल सिंगा तातोपानी कुण्डमा म्याग्दी नदीको बाढी र पाखोबाट खसेको पहिरोले रु. दुई करोड भन्दा बढी क्षति पुगेको छ । हाल मर्मत गरि मुख्य कुण्डमा स्नान सेवा शुरु गरिएपनि कटान नियन्त्रण, पहिरो रोकथाम र कुण्ड संरक्षणका लागि तीनै तहका सरकारसँग सहयोगको अपेक्षा गरिएको सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...