
तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा बिहिबार बजार अनुगमन गरिएको छ ।
एकिकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा जिल्ला प्रशासन, नगरपालिका, प्रहरी र उद्योग वाणिज्य संघका प्रतिनिधीको टोलीले २३ वटा पसलको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा भेटिएका म्याद नाघेका रु. आठ हजार चार सय ३० मूल्य बराबरका बस्तु बरामद गरिएको एकिकृत सेवा कार्यालयका प्रमुख मिता थापामगरले बताउनुभयो ।

चाडपर्वको समयमा बजारमा हुन सक्ने अखाद्य बस्तुको बिक्री रोक्ने र म्याद नाघेका बस्तुहरुलाई नियन्त्रणमा लिने, ब्यवसायीलाई सचेत बनाउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिने उहाँले बताउुभयो ।
