फर्सेका बाढी प्रभावितलाई अनुग्रह सत्संग पोखराको रु. पाँच लाख भन्दा बढी सहयोग

Gandaki Ghumau

बेनी ः पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितहरुका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्संग नेपालले रु. पाँच लाख भन्दा बढी नगद सहयोग गरेको छ ।

जलजला गाउँपालिका–७ खनियाघाटकी गौमती थापाको पहलमा पोखरेली सत्संगद्धारा रु. पाँच लाख २७ हजार पाँच सय सहयोग गरेका हुन् । संस्थाका अध्यक्ष देवी गुरुङ, उपाध्यक्ष ज्ञानु लामा र कोषाध्यक्ष सञ्जय लामाको टोलीले शुक्रबार फर्सेमा आएर जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरिबिकास जिसीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

Gunasthariya Shiksya

प्राप्त भएको सहयोग रकम फर्सेका बाढी प्रभावितहरुको पुस्थापनामा परिचालन गरिने वडा अध्यक्ष जिसीले बताउनुभयो । असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवारलाई प्रभावित बनाएको छ ।

Shreekrishna

जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन् । २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका एक सय २९ महिला, एक सय ४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । फर्सेको पुरानो बस्ति बगरमा परिणत भएर उजाडिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...