बेनी–जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

Gandaki Ghumau

म्याग्दी, ः गतसाताको झरिपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चिन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौति बनेको छ ।

असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी पहिरोले सडकको मालढुङ्गा देखि घाँसासम्म करिब ५० किलोमिटर दुुरिमा ४६ भन्दा बढी ठाउँमा अवरुद्ध बनाएको थियो । मुस्ताङ देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी र पर्वतको मालढुङ्गा देखि म्याग्दीको राहुघाट खण्डमा मर्मत पछि एकतर्फी यातायात सञ्चालन भएका छन् ।

रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको विद्युुतगृह र स्विचयार्ड परिसरमा प्रयोगबिन रहेको ‘ग्यान टि टावर’ हटाउन भएको ढिलाई र मौजुदा इन्धन सकिएपछि मर्मतमा चुनौति सिर्जना भएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वि शर्माले बताउनुभयो ।

Shreekrishna

“तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकुहोलोडर, टिप्पर चलाउन डिजेलको अभाव भएको छ,” उहाँले भन्नुभयो “तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाईले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ ।”

मुस्ताङतर्फबाट इन्धन ढुवानी गर्न अन्तर जिल्ला समन्वय, टावर हटाउन राहुघाट जलविद्युत आयोजना मार्फत माथिल्लो निकायमा पहल र उच्च स्तरीय टोलीबाट पहिरो प्रभावित सडकको निरिक्षण गरेर सहजिकरण भएको छ । सुरक्षाकर्मी र स्वमसेवकहरुले तिल्केनीचौर देखि बैसरी सम्म इन्धन ढुवानी गरेर दूई वटा डोजर चलाइएको छ । प्रधानमन्त्रीका निजी सचिव प्रदिप परियारले सडकको शनिबार निरिक्षण गर्नुभएको छ ।

Gunasthariya Shiksya

रघुगंगा गाउँपालिकाको पिप्ले–भगवति–बेग हुदै बेगखोला जोड्ने बैकल्पिक खुलाएर साना सवारी सञ्चालन र इन्धन ढुवानीको लागि काम भैरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

सडक विभागका महानिर्देशक डा. विजय जैसी सहितको प्राबिधिक टोलीले शुक्रबार पहिरोबाट प्रभावित सडकको निरिक्षण गरेर मर्मत कार्यका लागि स्रोत र साधनको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

राहुघाट जलविद्युत आयोजनाका प्रमुख राजबहादुर बिष्टले टावर हटाउने विषयमा आफ्नो तहबाट निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्विकृति लिनुपर्ने बाध्यता नबुुझी आफूूहरुलाई सुरक्षाकर्मी परिचालन गरेर दवाव दिएको गुनासो गर्नुभयो ।

तिल्केनीचौरमा राहुघाट जलविद्युत आयोजनाको विद्युुतगृहबाट पानी फाल्न बनाएको टेलरेस डग, सडक, निर्माण कम्पनी जेपीका उपकरण तथा क्याम्पमा बाढीले कटान गरेर क्षति पु¥याएको छ । राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानीमा सडक कटान गरेको छ भने पोखरेबगरको सडक पुलको पहुँचमार्ग बाढीले बगाएको छ ।

सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाका बन्द भएपछि चिनसँगको ब्यापारका लागि एकमात्र विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्क बिच्छेद भएको छ, नाकाको ब्यापार ठप्प भएको, मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउन समस्या भएको छ । मुख्य याममा पर्यटकीय गतिबिधी ठप्प भएकाले बेनी–जोमसोम सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...