
बेनी, नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि म्याग्दीका प्रतिनिधीहरु निर्बिरोध छनौट भएका छन् ।
बेनीमा बिहिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट खुला, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, श्रमिक, युवा, पेशागत, अपाङ्गता तथा अल्पसंख्यक लगायतका विभिन्न क्लस्टरबाट ४२ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू चयन हुनुभएको हो ।
निर्वाचन अधिकृत भुमेश्वर गौतमका अनुसार खुलातर्फ अमृतमान शेरचन, कर्णबहादुर भण्डारी (केबी), खमबहादुर गर्बुजा ‘खम्बिर’, तेजिन्द्र रोका मगर, दिपेन्द्र शर्मा रिजाल, नेत्रबहादुर महत, भरतबहादुर रकाल, रेशमबहादुर बानियाँ, शिव केसी र हरिकुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।

त्यस्तै, महिलातर्फ देवीकुमारी बुढा, निर्मला श्रेष्ठ, मनकुमारी विश्वकर्मा र रामदेवी पुन चयन हुनुभएको छ । आदिवासी जनजातितर्फ केशमाया मगर, पिपला बुढा, प्रेमबहादुर शेरपुजा मगर र दीपेन्द्र श्रेष्ठ तथा खस आर्यतर्फ अमृतदेवी बानियाँ, चित्रबहादुर केसी र तारानाथ रेग्मी चयन हुनुभएको छ । दलिततर्फ धनमाया गोतामे, वीरबहादुर विश्वकर्मा र याम हर्मेल महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ ।
यसैगरी सहिद र द्वन्द्व प्रभावित कोटाबाट भूपेन्द्रबहादुर घिमिरे, मुस्लिमतर्फ अन्जीत खान, श्रमिकबाट नगेन्द्र मल्ल, पेशागतबाट माधवप्रसाद रेग्मी र युवा महिलाबाट एस्पीला बानियाँ निर्विरोध निर्वाचित हुनुभएको छ । युवा खुलातर्फ निर्मल खत्री र सोहन श्रेष्ठ, अपाङ्गता कोटाबाट विरेन्द्र बुढाथोकी, अल्पसंख्यकबाट मोहन छन्त्याल र दलित (खुला रअन्य) तर्फ दिलबहादुर विश्वकर्मा सर्वसम्मत चयन हुनुभयो ।

प्रदेश सभा र पालिका पदाधिकारीहरूबाट पदेन महाधिवेशन प्रतिनिधिको रूपमा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट ओम छन्त्याल (प्रदेश सभापति), चक्र केसी (बेनी नगरपालिका सभापति), निरज भण्डारी (रघुगंगा गाउँपालिका सभापति) र कृष्णप्रसाद बरुवाल (अन्नपूर्ण गाउँपालिका सभापति) रहेका छन् ।
त्यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट टंकप्रसाद पुन (प्रदेश सभापति), गोपाल भट्टचन (मंगला गाउँपालिका सभापति), राजेन्द्र जुग्जाली (मालिका गाउँपालिका सभापति) र प्रेम पुन (धवलागिरी गाउँपालिका सभापति) पदेन महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यसै अधिवेशनबाट कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र (क) को सभापतिमा ओम छन्त्याल र (ख)को सभापतिमा टंकप्रसाद पुन निर्विरोध चयन भएको जिल्ला सहसचिव ध्रुवराज कार्कीले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य बानियाँ र जिल्ला सभापति गर्बुजाले पार्टी केन्द्रको महाधिवेशन कार्यतालिका अनुसार तोकिएको समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा पनि सहमति जुटाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । सभापति गर्बुजाले विपद् आउँदादेखि नै नेता तथा कार्यकर्ता उद्धार र राहतमा खटिएको बताउँदै अविरल वर्षासँगै आएको बाढीपहिरो पीडितका लागि पार्टीले आर्थिक सहयोग गर्ने र पुनर्निर्माणका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो । उपसभापति हरिकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सदस्य अनोद श्रेष्ठ र जिल्ला पूर्वसहसभापति नेत्रबहादुर महत लगायतले बोल्नुभएको थियो ।
यसैबीच, जिल्लाभित्र बाढी–पहिरो पीडितको राहत र पुनर्निर्माणमा सघाउने उद्देश्यले म्याग्दी कांग्रेसले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । विपद् व्यवस्थापन समितिका संयोजक एवं पूर्वसहसभापति नेत्रबहादुर महतको नेतृत्वमा अभियान सुरु गरिएको जिल्ला सहसचिव तथा विपद् व्यवस्थापन समिति सदस्य श्रीराम पौडेलले जानकारी दिनुभयो ।
सभापति गर्बुजाले व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ सहयोग गरी सुरु गरिएको यस अभियानमा रकम जम्मा हुने क्रम जारी रहेको र यसमा आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैलाई आह्वान गरिएको छ ।
