बाढी पहिरोले पाइपलाइनमा क्षति, बेनीमा चार दिनदेखि खानेपानीको समस्या

Gandaki Ghumau

म्याग्दी, ः यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुग्दा म्याग्दीको सदरमुकाम बेनीमा खानेपानीको हाहाकार सिर्जना भएको छ ।

अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनीमा खानेपानी आपुर्ति गराउने पाइपलाइनको बैसरी देखि डल्लेपिपल खण्डमा क्षति पुगेको छ । १२ किलोमिटर पाइपलाइनमा बाढी, पहिरो र कटानका कारण क्षतिग्रस्त हुँदा असोज ११ गतेदेखि रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट खानेपानी आपुर्ति हुन नसकेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

“पानीका वैकल्पिक स्रोतहरुको पहिचान गरि अस्थायी रुपमा पानी आपुर्ति गर्न संस्थाले प्रयास गरेपनि सफलता मिलेको छैन,” उहाँले भन्नुभयो “बेनीमा खानेपानी आपुर्ति सहज बनाउन तीनै तहका सकारकाको सहयोग मागेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

संस्था मार्फत बेनी नगरपालिका वडा नं २ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका एक हजार दुई सय १६ घरमा बसोबास गर्ने २५ हजार जनसङख्याका लागि खानेपानी वितरण हुदै आएको छ । वि.स. २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो ।

रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपुर्ति गरेर वितरण हुदै आएको छ । बेनीको मङ्गलाघाट स्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना निर्माण भएपनि बाढीले क्षति पु¥याएकाले सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष गिरीले बताउनुभयो ।

बोत्तल, जारको पानी किन्ने अथवा खोल्सा, मुहान र व्यक्तिगत मुहानबाट पानीको जोहो गर्नुपर्ने अवस्था आएको बेनीबासीले गुनासो गरेका छन् । पिउन, स्नान गर्न, कपडा, भाडा धुन, खाना पकाउने पानीका लागि धेरै समय खर्चनुपरेको छ ।

यसैगरी बेनी नगरपालिका, वौद्ध युवा क्लव र गंगा जिसी फाउण्डेशनले पानीको अभाव तार्न मुहानबाट ट्याङकरमा ओसारेर बजारबासीलाई वितरण गर्न थालेको छ । मंगलबारदेखि शुरु भएको खानेपानी वितरण कार्यलाई बुधबार पनि बजारका टोल टोलमा पुगेर निरन्तरता दिने कल्वका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...