मालढुंगा–बेनी सडक सूचारु

Gandaki Ghumau

म्याग्दी ः पछिल्लो झरिपछिको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीको गण्डकी प्रदेशको राजधानी पोखरासँग पाँच दिनपछि यातायात सम्पर्क स्थापित भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारा देखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान र पहिरोले भत्काएको सडक मर्मत गरेर असोज १० गते रातीदेखि अवरुद्ध बेनी–पोखरा सडक बुधबार साँझदेखि सञ्चालन गरिएको हो ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले बेनीको पोखरासँग पाँच दिनपछि सिधा यातायात सम्पर्क जोडिएको बताउनुभयो । मध्यपहाडी लोकमार्ग आयोजनाले पर्वतको सहश्रधारा र कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजनाले मालढुङ्गा–बेनी खण्डको सडक मर्मत गरेपछि एकतर्फी यातायातका साधन सञ्चालन हुन थालेका प्रनाउ कार्कीले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक अन्र्तगत पर्वतको जलजला गाउँपालिका–७ मा पर्ने केराबारी र लामाबगर क्षेत्रको पहिरो पन्छाएपछि बेनी देखि पोखरा सवारी साधन चल्न थालेका हुन् । मालढुङ्गामा रहेको सडक पुलको पहुँचमार्ग कालीगण्डकीको बाढीले बगाएकाले असोज ११ गतेयता बागलुङ्ग जिल्लाको पनि प्रदेश र संघीय राजधानी काठमाडौसँग यातायात सम्पर्क टुटेको छ ।

अत्यावश्यक कामका लागि बागलुङ–पोखरा यात्रा गर्नका लागि बागलुङका यात्रुहरु बेनी भएर घुमाउने सडकको प्रयोग गर्न सक्ने विकल्प तयार भएको छ । सडक डिभिजन कार्यालयले मालढुङ्गाको पुल मर्मत थालेको छ । बाढी पहिरोका कारण बेनी देखि मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडक खुलाउन मर्मत थालिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जोमसोम देखि घाँसा हुदै म्याग्दीको भुरुङ्ग–तातोपानी सम्मको सडक मर्मत भएको र बेनी देखि गलेश्वर सम्म पनि यातायात सूचारु भएको बताउनुभयो । पोखरा–बेनी यातायात सम्पर्क स्थापित भएपछि इन्धन ढुवानी गर्न सकिने र अवरुद्ध सडक खुलाउन उपकरण परिचालनका लागि सहज हुने प्रजिअ गैरेले बताउनुभयो ।

जिल्लाका मुख्य बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–बागलुङ र बेनी–पाखापानी सहित सबै वडा जोड्ने सडकहरु मर्मतको काम धमाधम भइरहेको छ । संघीय, प्रदेश र स्थानीय तहले आफ्नो मातहतका सडक आफै मर्मत गर्ने निर्णय भएपनि स्थानीय तह र प्रदेश सरकारका सडक मर्मतका लागि बजेट अभाव हुने देखिएको म्याग्दी प्रदेशसभा क्षेत्र १(ख)बाट निर्वाचित सांसद रेशम जुग्जालीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...