कालीगण्डकी कोरिडोर प्रशारण लाइनका टावर बाढीले बगायो

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी कोरिडोर अन्र्तगतको दाना–खुर्कोट प्रशारण लाइनको टावरहरु बगाएको छ ।

प्रशारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका एक सय ७६ मेगावाट क्षमताका छ वटा जलविद्युत आयोजना बन्द भएका छन् ।

दाना–खुर्कोट प्रशारण लाइनबाट केन्द्रिय प्रणालीमा विद्युत आपुर्ति गराउदै आएका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ को भूगोलमा पर्ने नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजनाको विद्युत पनि केन्द्रिय प्रणालीमा जोडिन सकेको छैन् ।

Shreekrishna

अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि बन्द भएको छ । पछिल्लो पटक असोज ८ देखि ११ गतेको बर्षातपछि कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका १ दोवाको भिरकाटे पारिका दुई र धिरच्याङको एक वटा प्रशारण लाइनको टावर बगाएको अन्नपूर्ण गाउँपालिका–२ का वडा अध्यक्ष ओम फगामीले बताउनुभयो ।

Gunasthariya Shiksya

प्रशारण लाइनका साथै बाढीले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडकको धेरै ठाउँमा कटान गरेर पैदलयात्रा गर्न पनि जटिल बनाएको छ । बेनी देखि पैदलयात्रा गरेर सोमबार पोखरेबगर हुदै शिख पुग्नुभएका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)ले बेनी–पोखरेबगर खण्डमा थुपै्र ठाउँमा सडक भासिएको, कटान गरेको, पहिरो थुप्रिएको, विद्युतका तार र पोलहरुमा क्षति गरेको बताउनुभयो ।

बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजना पनि प्रभावित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिडका प्रमुख रोशन खड्काले अन्नपूर्ण गाउँपालिका ३ दाना देखि पोखरेबगर सम्मको क्षेत्रमा रहेका टावरमा विपद्बाट क्षति पुगेको र स्थलगत निरिक्षणका लागि प्राबिधिक टोलीलाई स्थलमार्गबाट पठाएको जानकारी दिनुभयो । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत आपुर्ति गराउने वैकल्पिक उपाय अपनाउने र प्रशारण लाइन पुननिर्माणको कामलाई पनि सँगसँगै अघि बढाउन प्राधिकरणसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

पुरानो ३३ केभी क्षमताको प्रशारण लाइनको संरचनामा बाढी पहिरोले क्षति पुु¥याएको छ । दाना सवस्टेशनबाट मुस्ताङमा विद्युत आपुर्ति गराउन प्रयास गरेपनि टावरहरुमा देखिएको समस्या पहिचान गर्न सडक यातायात र सञ्चारको समस्याले नसकिएको उहाँले बताउनुभयो ।

बाढी पहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्क बिच्छेद भएको छ । विद्युत अभावमा मोवाइल र इन्टरनेट सेवा पनि बन्द हुँदा जनजिवन प्रभावित भएको छ । मुस्ताङ सहित म्याग्दी र बागलुङका ग्रामिण क्षेत्रमा पनि विद्युत, सडक र यातायात सेवा अवरुद्ध बनेको स्थानीय प्रशासनले जनाएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...