पहिरोले लामाबगरमा चार घर र दुई गोठ पुरिए, एक जना घाइते

Gandaki Ghumau

म्याग्दी ः म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा मंगलबार पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका र एक जना घाइते भएका छन् ।

पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्दार गरिएका घाइते ६५ वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ । चक्रपाणी आचार्य, लिलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यको घर तथा सँगै रहेका दुई वटा गोठ पहिरोमा पुरिएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।

“मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा धाँजा फाटेको सूचना आएपछि धरै मानिसहरुलाई अन्यत्र सारिएको थियो, घरमै रहेको आत्मरामलाई पहिरोले पुरेको अवस्थामा सुरक्षाकर्मी, जनप्रतिनिधी र स्थानीयबासीले उद्दार गरेर अस्पताल पु¥याएका हौ,” उहाँले भन्नुभयो “घाइतेको अवस्था सुधारोउन्मुख छ । विस्थापितहरुलाई मिलनचोकमा अस्थायी बसोबासको ब्यवस्था मिलाएका छौ ।”

Shreekrishna

पहिरोले गोठमा रहेका दुई वटा भैसी र पाठापाडीलाई पनि पुरेको छ । घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामग्रीहरु पहिरोमा पुरिएको छ । करिब १२ रोपनी खेतीयोग्य जमिन पुरिएको छ । आत्मरामलाई गुहार गुहार भनिरहेको अवस्थामा रुखले च्यापीएको अवस्थामा उद्दार गरेको छिमेकी रमेश शर्माले बताउनुभयो ।

Gunasthariya Shiksya

असोज ८ देखि ११ गतेसम्मको भिषणबर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले लामाबगरमा खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेको छ । कालीगण्डकीले खेतीयोग्य जमिन कटानको जोखिम बनाएको छ ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मालढुङ्गा–बेनी खण्ड अवरुद्ध भएको छ । केराबारीको पहिरो पन्छाउने काम भइरहेको र बुधबारदेखि लामाबगरको पहिरो पन्छाउन डोजर परिचालन गरिने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

पछिल्लो चार दिने झरिका कारण जलजला गाउँपालिकाको नौ वटै वडामा भौतिक क्षति गरेको छ । जलजला गाउँपालिका–८ फर्सेका ६८ वटा घर कालीगण्डकीले बगाएको । कालीगण्डकीको बाढीले लामाखेतका २५ घर डुबानमा परेको छ । धाइरिङमा २५ घर विस्थापित र खानीगाउँमा पनि घरहरुमा जोखिममा रहेका छन् ।

बाढीपहिरो र नदी कटानका कारण असुरक्षित भएका स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय पर्वत तथा विभिन्न निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मंगलबारदेखि विपद्ले पु¥याएको क्षतिको विवरण संकलनका लागि टोलटोलमा जनप्रतिनिधी र कर्मचारी परिचालन गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...