म्याग्दीका बाढी पहिरो प्रभावितलाई वितरण गरिने १५ लाख बराबरको सामग्रीको खर्च मोनाले ब्यहोर्ने

Gandaki Ghumau

बेनी, यही असोज ८ देखि ११ गतेको निरन्तरको झरिपछिको पहिरोका कारण प्रभावित बनेको म्याग्दी जिल्लामा राहत, उद्दार र ब्यवस्थापकीय कार्यका लागि प्रवासमा रहेका म्याग्देलीहरुले रु. १५ लाख सहयोग गरेका छन् ।

रोजगारी, पेशा, ब्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले उक्त सहयोग गरेको हो । मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले संस्थागत रुपमा जिल्ला विपद् ब्यवस्थापन समितिलाई उक्त सहयोग उपलब्ध गराएको बताउनुभयो ।

Gunasthariya Shiksya

“जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णय अनुसार पहिरो र बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, तरकारी र बन्दोबस्तीका सामान खरिदमा रु. १५ लाख बराबरको खर्च मोनाले ब्यहोरेको छ,” उहाँले भन्नुभयो “पुननिर्माण र पुनस्थापनाको काममा पनि मोना र गैरआवासीय नेपाली संघ मोनाले सरकारलाई साथ दिन्छौ ।”

Shreekrishna

पहिरोमा परि म्याग्दीमा ज्यान गुमाउनेको संख्या सात जना पुगेको छ । दुई जना वेपत्ता भएका छन भने पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका एक सय छ जनालाई उद्दार गरिएको छ ।

पहिरोबाट म्याग्दी जिल्लाभर दुई सय घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । उहाँका अनुसार सडक, विद्युत र सञ्चार सेवा पनि अवरुद्ध भएको छ । पोखरादेखि म्याग्दी सदरमुकाम बेनी जोड्ने र बेनी देखि ग्रामिण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् । बेनी बजार बाहेक ग्रामिण क्षेत्रमा विद्युत र सञ्चार सेवा अवरुद्ध छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...