निरन्तरको झरीले म्याग्दीमा पूर्वाधारमा ठूलो क्षति, जनजिवन प्रभावित

Gandaki Ghumau

बेनी ः पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ ।

झरीसँगैको बाढी पहिरोले ग्रामिण बस्तिहरुको जिल्ला सदरमुकाम बेनी बजारको सम्पर्क बिच्छेद भएको छ । सडक, विद्युत, खानेपानीका पूर्वाधारमा ठूलो क्षति भएको छ । ग्रामिण क्षेत्रमा विद्युत आपुर्ती प्रभावित भएको छ । केही ठाउँमा सञ्चार सुविधा पनि बिच्छेद भएको छ । म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा बाढीको सतह बढेपछि सर्तकता अपनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार शनिबार साँझसम्म पहिरोका कारण २२ घरमा क्षति पुगेको छ । पाँच वटा गोठ भत्किदा तीन वटा भैसी मरेका छन् । २८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जनाएको छ ।

Shreekrishna

मंगला गाउँपालिका २ रनवाङका तीन र सात परिवारका १३ जनालाई स्थानान्तरण गरिएको छ । रनवाङमा दुई घरमा क्षति पुगेको छ । मंगला –५ को घेगरेमा छ घरपरिवारलाई आमा समूहको भवनमा राखिएको छ ।

Gunasthariya Shiksya

अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा दुई घर भत्किएको र एक भैसी पुरिएको छ भने दुई घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । वडा नम्बर ८ राम्चेको धारापानी क्षेत्रमा पहिरा जाँदा चार घरपरिवार जोखिममा परेका छन् ।

मालिका गाउँपालिकाको वडा नम्बर –५ मा एक गोठमा क्षति र एक घर जोखिममा परेको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा एक÷एक घर भत्किएको र जोखिम तथा दुई घर विस्थापित भएका छन् । वडा नम्बर २ बालडाडामा पहिरोले दुई घर, एक गोठ र दुई भैसीको क्षति भएको छ भने दुई वटा घर स्थानान्तरण भएका छन् ।

वडा नम्बर ३ भकिम्लीमा पहिरोका कारण सात वटा घर, तीन वटा गोठ र दुई वटा भैसीको क्षति भएको छ । सात घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । बेनी नगरपालिका–४ ज्याम डाडाखेतमा क्षति पुगेका चार घरका सदस्यहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्राकृतिक उपचार स्थल तातोपानी कुण्डको भवनमा पहिरोले क्षति गरेको छ । बेनी नगरपालिका–५ चिप्लेटीमा एक घर क्षति भएको छ । वडा नम्बर ६ अर्थुङ्गेमा चार घर जोखिममा परेका छन् । रघुगंगा गाउँपालिका–६ पाखापानी बस्तिमा पाखोबाट भलबाढी पसेर क्षति पुगेको छ ।
वडा नम्बर ३ को राहुघाटमा तीन वटा घरमा बाढी पसेर क्षति भएको छ । २१ घरपरिवारको बसोबास रहेको राहुघाट बस्ति जोखिममा परेको छ । चमेरे पहिरोले बेनीमा खानेपानी आपुर्ति गर्ने पाइपलाइनमा क्षति पुगेको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

म्याग्दीको मुख्य बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी पाखापानी सडक पहिरो, कटान र बाढीका कारण अवरुद्ध भएका सहायक प्रजिअ आचार्यले बताउनुभयो । बर्षात रोकिएपछि स्थानीय तह, बेनी–जोमसोम–कोरला सडक योजना र पूर्वाधार विकास कार्यालय मार्फत अवरुद्ध सडक मर्मत गरिने प्रशासनले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...