२४ औ जेसीजकप फुटबल मंसिरमा, असोज १८ गते हुने दौड प्रतियोगिताको तयारी तिब्र

Gandaki Ghumau

बेनी, ः आगामी मंसिर १४ देखि १९ गतेसम्म बेनीमा सञ्चालन हुने अन्तर माध्यमिक विद्यालय स्तरीय २४ औ जेसिजकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

विगत २४ वर्षदेखि निरन्तर सञ्चालन हुदै आएको जेसिजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेल प्रतिभा पहिचान र खेलाडी उत्पादनमा प्रभावकारी बनेको छ । आयोजक म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको तयारी थालिएको जानकारी दिनुभयो ।

“म्याग्दीको खेलकुद विकासमा योगदान गरेको र इतिहाँस बोकेको जेसिजकपलाई यसपाली पनि निरन्तरता दिदैछौ,” उहाँले भन्नुभयो “शाखाका पदाधीकारी प्रतिश श्रेष्ठको संयोजकत्वमा २० वटा उपसमिति बनाएर २४ औ जेसीजकपको तयारी थालेका छौ ।”

Shreekrishna

प्रतियोगिता संयोजक श्रेष्ठका अनुसार प्रतियोगिताको प्रचारप्रसार, ब्यवस्थापकीय, पत्राचार, आर्थिक संकलन लगायतका आन्तरिक तयारी थालिएको छ । प्रतियोगिता सञ्चालनका लागि रु. सात लाख ७४ हजार खर्च हुने अनुमान गरिएको श्रेष्ठले बताउनुभयो । मुख्य प्रयोजक ग्लोवल एजुकेशनले गरेको छ ।

Gunasthariya Shiksya

प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफी, मेडल प्रमाणपत्र र नगद रु. ५६ हजार पाँच सय ५५ प्रदान गरिने भएको छ । उपबिजेताले ट्रफी, मेडल प्रमाणपत्र र नगद रु. ३५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, स्ट्राईकर, मिडफिल्डर, राइजीङ्ग प्लेयर, कोचलाई रु. दुई हजार पाँच सयका दरले पुरस्कृत गरिने भएको छ । अनुशासित टिम र सेमीफाइनलबाट बाहिरिने दुई टिमलाई रु. पाँच हजार पाँच सय नगद तथा प्रत्येक खेलमा म्याद अफ द म्याच घोषण गरि आकर्षक अवार्डले सम्मान गरिने म्याग्दी जेसीजका महासचिव गोकुल रामदामले बताउनुभयो ।

यसैगरी यही असोज १८ गते साविक धौलागिरि अञ्चल स्तरीय १० किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुने भएको छ । म्याग्दी जेसीजले नेपाल जेसीज क्षेत्र ख को राष्ट्रिय खेलकुद समितिको समन्वयमा आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले यही असोज १६ गतेसम्म अनलाइन माध्यमबाट नाम दर्ता गराउन सक्ने प्रतियोगिता संयोजक सुष्मा खत्रीले जानकारी दिनुभयो ।

सिंगा तातोपानी देखि बेनीको सडकमा हुने प्रतियोगिताका बिजेता, उपबिजेता र तृतियलाई क्रमश नगद रु. १५ हजार, दश हजार र सात हजार सहित पुरस्कृत गरिने भएको छ । चौथोलाई रु. पाँच हजार र पाँचौलाई रु. एक हजार प्रदान गरिने प्रतियोगिता संयोजक खत्रीले बताउनुभयो । प्रतियोगिताको तयारी तिब्रताका साथ भइरहेको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...