अकवरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

Gandaki Ghumau

सन्तोष गौतम
बेनी ः बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानीको दृष्यले बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही हुनुहुन्छ त्यो भन्दा बढी खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले सताएको छ ।

“गाउँका अन्य किसानहरु सफलताबाट प्रभावित भएर दुई रोपनीमा लगाएको खुर्सानी पाकेर राताम्मे हुन लागेको छ,” उहाँले भन्नुभयो “खुर्सानी देखेर खुसी हुनुपर्ने मलाई कहाँ लगेर बेच्ने भन्ने चिन्ताले सताएको छ ।”

गोविन्दले घर नजिकैको बारीमा कोदो र मकैको विकल्पमा यसपाली पहिलो पटक अकवरे खुर्सानी खेती गर्नुभएको हो । गत वर्ष प्रतिकिलोग्राम रु. दुई सयका दरले बिक्री भएको अकवरे खुर्सानी यसपाली प्रतिकिलो रु. एक सय ७० पार्न पनि मुस्किल भएको किसानहरुले गुनासो गरेका छन् ।

Shreekrishna

गत वर्ष खुर्सानी बेचेर रु. चार लाख आम्दानी गरेका सोचिन्द्रा कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक लालबहादुर पुनले चिनाखेत स्थित पुरख्यौली जग्गामा यसपाली नौ रोपनीमा अकवरे खुर्सानी खेती गर्नुभएको छ ।

“राम्रो मूल्य पाउने हो भने यसपाली भकिम्लीबाट रु. २० लाख भन्दा बढीको खुर्सानी बिक्री हुन्छ,” उहाँले भन्नुभयो “दुई वर्षअघि प्रतिकिलो रु. तीन सय ५० सम्ममा बिक्री भएको खुर्सानी गत वर्ष प्रतिकिलोग्राम एक सय ९० सम्म परेको थियो, यसपाली ब्यापारीले प्रतिकिलोग्राम एक सय ३०÷४० पार्न पनि मुस्किल भएको छ ।”

Gunasthariya Shiksya

भकिम्लीमा गोविन्द नेपाली, लालबहादुर पुन, राम रुचाल, खिम आले, कुल पुन, जगदेवी घर्ती, मनी रोका लगायत १० जना किसानले ब्यवासयिक अकवरे खेती गरेका छन् । सस्तो मूल्यमा खुर्सानी खरिद गर्ने केही ब्यापारीले किसानहरुलाई भुक्तानी नदिएर दुःख दिएको लालबहादुरले बताउनुभयो ।

भकिम्लीका किसानहरुले तीन वर्षयता ब्यवसायिक रुपमा अकवरे खेती गर्न थालेका हुन् । यसअघि अकवरेको ब्यवसायिक खेती भएको थिएन् । बेलढुंगा कृषक समूहका सचिव भिमबहादुर रोकाले ताप्लेजुङबाट विउ ल्याएर परिक्षणका लागि गरेको खेती सफल भएपछि ब्यवसाय थालेका हुन् । भकिम्लीमा पहिलो पटक ब्यवसायिक रुपमा अकवरे खुर्सानी खेती भएको हो । कृषि विकास कार्यालय, म्याग्दीले तरकारी खेती प्रर्वद्धन कार्यक्रम मार्फत अनुदान उपलब्ध गराएको थियो ।

उच्च पहाडी भूगोल र हावापानी अनुकुल भएकाले भकिम्लीमा अकवरे खुर्सानी खेतीको लागि उपयुक्त रहेका कृषि विकास कार्यालयका प्रमुख सञ्जिब बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राती १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकवरे खुर्सानी खेती गर्न सकिन्छ ।

बेनी, दरवाङ, तातोपानी, गलेश्वर, मुस्ताङ, बाबियाचौर, दरवाङ, कुश्मा र बागलुङ अकवरे खुर्सानीको स्थानीय बजार हो । कोदो, मकै लगायत परम्परागत खाद्यबालीको विकल्पमा अकवरे खुर्सानी खेती गरेका कुलबहादुर पुनले फुल खेल्न थालेपछि बोट सुक्ने समस्याका कारण आम्दानी लिन नपाएको गुनासो गर्नुभयो ।

खुर्सानीको बजारीकरणका लागि ब्यापारि र किसानहरुलाई सम्पर्क गराउन समन्वय गर्नुका साथै रोगकिराको समस्या देखिएको ठाउँमा कृषि प्राबिधिकलाई खटाएको बेनी नगरपालिका–३ भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताउनुभयो । ताजा अवस्थामा बिक्री नभएको खुर्सानीलाई सुकाएर प्रशोधन गर्ने तथा सुरक्षित रुपमा प्याकीङ गरेर राख्ने ज्ञान, सिपको विकासका लागि तालिम आवश्यक देखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...