राहुघाटले परिक्षण उत्पादन थाल्यो

Gandaki Ghumau

सन्तोष गौतम
बेनी, म्याग्दीको रघुगंङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन थालेको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको यस आयोजनाको भौतिक पूर्वाधार निर्माण र उपकरण जडानको काम सकेर परिक्षण उत्पादन शुरु भएको हो ।

आयोजनाका प्रमुख राजबहादुर बिष्टले परिक्षणका लागि मंगलबारदेखि राष्ट्रिय प्रणालीमा विद्युत जोडिएको जानकारी दिनुभयो । “बाँध, डिसेण्डर, सुरुङ, स्विचयार्डको लगायत सबै भौतिक संरचना र विद्युतगृहका उपकरणको परिक्षण सफल भएपछि विद्युत उत्पादन थालिएको हो,” उहाँले भन्नुभयो “२०÷२० मेगावाट क्षमताका दुई वटै ‘युनिट’ चलाएर परिक्षणका लागि केन्द्रिय प्रणालीमा जोडिएको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

वि.स. २०६६ मा ठेक्का सम्झौता गरेको भारतीय ठेकेदार आईभिआरसिएलको कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) रु. छ अर्बमा भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ठेक्का सम्झौता गरेको थियो ।
सन २०२२ फेब्रुअरीमा पहिलो, सन २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बर सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो । पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाई भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना सञ्चालन गरिएको हो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरी रहेका छन् । तिल्केनीचौरमा विद्युतगृह रहेको आयोजनाको छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङ निर्माण भएको छ ।
विद्युतगृह परिसरमा स्विचयार्ड र कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोड्न चार वटा टावर र प्रशारण लाइन निर्माण भएको छ । यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...