मौवाफाँटको दसमुरे भिरबाट लडेर चिमखोलाका युवाको मृत्यु

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ दशमुरे भिरमा गएराती अरिङ्गाल शिकार गर्न गएका एक युवाको लडेर मृत्यु भएको छ ।

Gunasthariya Shiksya

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका लबकुश पाइजाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार अरिङ्गाल शिकार गर्नका लागि गोला हेर्ने क्रममा भिरबाट लडेर घाइते भएका पाइजालाई प्रदेश अस्पताल बेनीमा ल्याउँदा चिकित्सकले रातीनै मृत घोषणा गरेका थिए ।

भिरबाट करिब तीन सय मिटर तल खसेका थिए । मृतकलाई अस्पतालको शव गृहमा राखेर परिक्षणको तयारी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...