
बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाले रसुुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितका लागि बुधबार रु. ११ लाख भन्दा बढी सहयोग गरेको छ ।

बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु. ११ लाख ७७ हजार छ सय २६ सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रकोश व्यवस्थापन कोषबाट रु. दुई लाख, जनप्रतिनिधीहरुको भदौ महिनाको मासिक सुविधाबाट रु. दुई लाख १० हजार र कर्मचारीहरुको भदौ महिनाको तलबभत्ताबाट रु. सात लाख ६७ हजार छ सय २६ हजार कोषमा जम्मा गरिएको पौडेलले जानकारी दिनुभयो ।

