जन्मथलोबाट प्रकाश दुतराजको लोक सांगितिक ब्याण्ड सार्वजनिक

Gandaki Ghumau

बेनी, ः कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्याड’ (सामुहिक लोकसंगीत सांगितिक समूह) शुरुवात गरेका छन् ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक भएको हो । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जन्मिएका र सदरमुकाम बेनीमा बाल्य तथा किशोर अवस्था बिताएका दुतराजले नेपालमै पहिलो पटक लोकसंगीत सांगितिक समूह बनाएको बताउनुभयो ।

“यो नेपालको पहिलो लोकसंगीत ब्यान्ड हो,” उहाँले भन्नुभयो “विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसंगीतमा नौलो अभ्यास मार्फत दर्शक माझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट शुरुवात गरेको छु ।”

Shreekrishna

प्रकाशले अबको सांगीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको वाद्यावादनसहित हुने उल्लेख जानकारी गराउनुभयो । “करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ,” त्यहीँबाट फुकाउने अवसर पाएकोमा खुसी र उत्साही छु,” उहाँले भन्नुभयो, “ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्धन गर्ने मेरो उद्देश्य हो ।”

Gunasthariya Shiksya

दुतराजको नेतृत्वमा रहेको समूहमा बाद्यबाधन सहित १२ जा कलाकार समावेश भएका छन् । ब्यान्डले नेपालमा सांगीतिक टूरको समेत तयारी गरिरहेको जनाएको छ । मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना भ्mयालैमा लगायतका उहाँका लोकगित चर्चित छन् ।
यसअघि भदौ १२ गते जनैपुर्णिमा पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रम रसुवा बाढीका कारण स्थगित भएको थियो । कार्यक्रम आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले रसुवा बाढीमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली सहित कार्यक्रम गरिएको बताउनुभयो ।
“म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि हामीले साथ दिएका छौ,” उहाँले भन्नुभयो “विपन्न समुदायका प्रकाशको संघर्ष र मेहनत प्रेरणादायी छ ।”

दुतराजको ब्याडको प्रस्तुतिमा रमाउनका लागि म्याग्दीका साथै बागलुङ र पर्वतबाट आएका दर्शकहरुले बेनीको खुलामञ्च भरिएको थियो । प्रवेश निशूल्क गरिएको कार्यक्रममा दर्शकहरु प्रकाशको प्रस्तुतिसँगै सिमसिमे पानीको प्रवाह नगरि नाचेर मनोरञ्जन लिएका थिए ।

प्रस्तुतिअघि आफ्नो विगतका संघर्षका दिन र साथ दिनेहरुलाई सम्झिएका प्रकाशले आगामी सांगितिक योजनामा पनि साथ र सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट सम्मान गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...