म्याग्दीका लेकाली क्षेत्रमा रातो च्याउ टिप्ने सिजन शुरु

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जंगलमा रातो च्याउ खोज्न व्यस्त हुुनुहुन्छ ।

नगेन सहित चार जना मुनाका युवाहरुको समूह रातो च्याउ संकलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामान सहित जंगलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुुन्छ, मैले जंगलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उहाँले भन्नुभयो “करिब दैनिक ५० किलोग्राम च्याउ संकलन र बिक्री भइरहेको छ ।”

नगेनले शुक्रबार करिब रु. ४० हजारको रातोच्याउ बिक्री गरेको बताउनुभयो । लेकाली क्षेत्रका बासिन्दाहरु च्याउ पलाउने याम शुरु भएपछि जंगल पसेका छन् । प्राकृतिक रुपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको सोत बनेको छ । च्याउको सुरक्षाका लागि पलाउने ठुुटाको नजिकै बसेर ओगट्ने चलन छ ।

Shreekrishna

मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । समुन्द्रि सतहदेखि तीन हजार देखि चार हजार मिटर उचाईका जंगलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा प्राकृतिक रुपमा बर्खायाममा उम्रने रातोच्याउ तरकारीको रुपमा उपभोग हुन्छ ।

Gunasthariya Shiksya

पोषिलो, अर्गानिक र औषधिय गुण पाइने तथा स्वादिलो हुने भएकाले रातो च्याउको माग उच्च हुुने गरेको धवलागिरी गाउँपालिका–३ मुनाका मनबहादुुर पुुनले बताउनुभयो । “मासुको विकल्पमा पनि रातो च्याउको उपभोग हुने गर्छ,” उहाँले भन्नुभयो “रातो च्याउ पोषिलो र तागतिलो तरकारीको रुपमा परिचित छ ।”

ताजाका साथै प्रशोधन र सुुकाएर पनि रातो च्याउ उपभोग गर्न सकिन्छ । बजारमा बस्ने र विदेशमा पुुगेकाहरुले रातो च्याउको चाहना गर्ने गरेका मुनाका ब्यवसायी रुपा शेरपुुञ्जाले बताउनुभयो । गाउँबाट सहर र विदेशमा कोशेलीको रुपमा रातो च्याउ पठाउने चलन रहेको छ ।
सडक यातायातको सुविधासँगै लेकाली क्षेत्रका बासिन्दाले जंगलमा रातो च्याउ टिपेर एकै दिनमा बेनी र पोखराका बजारमा पु¥याउन थालेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “रातो च्याउ बेरोजगारहरुको लागि रोजगारी र आम्दानीको स्रोत बनेको छ,” उहाँले भन्नुभयो “स्थानीयले संकलन गर्ने च्याउलाई बजारीकरणका लागि ब्यापारिसँग समन्वय गरेका छौ ।” सडक यातायातको सुविधा नहुँदा सुुकुटी बनाएर रातो च्याउ बेच्ने गरेका थिए ।

ताजा रातोच्याउ प्रतिकेजी रु. एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाएको प्रतिकेजी रु. चार हजार देखि पाँच हजारसम्म पर्छ । रातो च्याउमा प्रोटिन र विभिन्न मिनरल्स तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउ खेती प्रविधि पुस्तिकामा उल्लेख छ ।

रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । वस्ति देखि टाढाको जंगलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन्् । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने नहुने बताइन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...