
बेनी, ः म्याग्दी जेसीजले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले १० किलोमिटर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘साबिक धौलागिरि अञ्चलस्तरीय १० किलोमिटर दौड प्रतियोगिता’ नाम दिइएको प्रतियोगिता आगामी २०८३ असोज १८ गते आयोजना हुने भएको हो ।
म्याग्दी जेसीजको आयोजनामा तथा नेपाल जेसीज क्षेत्र ‘ख’ राष्ट्रिय खेलकुद समितिको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले असोज १६ गतेसम्म नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रवेश शुल्क रु। ४०० तोकिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु। १५ हजार, द्वितीयले रु। १० हजार र तृतीयले रु। ७ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै चौथो हुनेले रु। ५ हजार तथा पाँचौँ हुनेले रु। १ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

म्याग्दी जेसीजले युवामा खेलकुदप्रतिको रुचि बढाउन, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न तथा जिल्लामा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले आयोजकले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत नाम दर्ता गर्न सक्नेछन् । प्रतियोगिताका लागि आयोजकले म्याग्दी जेसीजलाई सम्पर्क संस्था तोकेको छ ।
