अपर म्याग्दी –१ को अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’

Gandaki Ghumau

बेनी ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’ (छेडिएको) छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको धवलागिरी गाउँपालिका–४ छहरीमा रहेको अडिट देखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधिन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।

आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिट देखि बाँधतर्फ जोड्ने दुई हजार पाँच सय छ दशमलब ३९ मिटर सुरुङ ब्रेकथ्रु भएको जानकारी दिनुभयो । “छहरीको अडिटदेखि धवलागिरी गाउँपालिका–४ खाम्ला स्थित बाँध तर्फको तीन हजार दुई सय ८३ दशमलब ३२ मिटर मध्य हालसम्म एक हजार नौ सय ७३ मिटर सुरुङ निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “बाँकी सुरुङ पनि केही महिनाभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित काम भैरहेको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

हालसम्म समग्रमा ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले जानकारी दिनुभयो । वि.स. २०८० चैत १९ मा सम्झौता र २०८१ बैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले वि.स. २०८१ भदौ महिनादेखि मुख्य सुरुङ निर्माण थालेको थियो ।

बाँध, सुरुङ र विद्युतगृह निर्माणको साथै हाइड्रो र इलेक्ट्रोमेकानिकल तर्फको कामलाई तिब्र पारिएको छ । बर्खायाममा आयोजना निर्माण स्थलमा पर्ने बेनी–दरवाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्ने र शिवरात्रीखोला सडक पुल निर्माणमा भएको ढिलाइएको असर अपर म्याग्दी–१ लगायतका जलविद्युत आयोजना निर्माणमा परेको छ ।

सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ् । भारवाङ देखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रिय लाइनमा जोडिनेछ् ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । उर्जा इन्जिनियरीङ् एण्ड म्यानेजमेन्ट सोलुुसन प्रा.ली. परामर्शदाता रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...