
म्याग्दी । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा म्याग्दीमा आयोजित रक्तदान कार्यक्रममा १४३ जनाले रक्तदान गरेका छन्।
‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रमअन्तर्गत जिल्लाका दरबाङ, बाबियाचौर र बेनीमा छुट्टाछुट्टै रक्तदान कार्यक्रम गरिएको थियो। दरबाङमा ६६, बाबियाचौरमा ५२ र बेनीमा २५ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रममा दरबाङमा नेपाल रेडक्रस सोसाइटीको मालिका गाउँपालिका शाखा र दरबाङ उपशाखा, बाबियाचौरमा मङ्गला गाउँपालिका शाखा र बाबियाचौर उपशाखा तथा बेनीमा लायन्स क्लब अफ बेनी लभ्ली हिलले साझेदारी गरेका थिए।

रक्तदानमार्फत बिरामी तथा आकस्मिक अवस्थाका व्यक्तिका लागि आवश्यक रगतको व्यवस्थापनमा सहयोग पुग्ने आयोजकले जनाएको छ।
